ntc

सम–सामयिक

खाना पकाउने क्रममा ग्यास सिलिन्डर पड्कियो, ५ घाइते

कास्की, २७ पुस–कास्कीको एक घरमा ग्यास सिलिन्डर पड्कँदा ५ जना घाइते भएका छन् ।

कास्की लेखनाथ ८ सिसुवास्थित सरस्वती अधिकारीको घरमा खाना पकाउने क्रममा ग्यास सिलिन्डर पड्किएको हो ।

घाइते भएकामध्ये रुदु थापा र बसन्धरी पौडेलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

अरु तीन जनाको अवस्था भने सामान्य रहेको जनाइएको छ । उनीहरुको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेकोे छ । बुधवार, पौष २७, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam