ntc

सम–सामयिक

जानौँ, १ सय रुपैयाँमा यी २५ देशमा के–के किन्न सकिन्छ ?

काठमाडौं २८ पुस– डलर, युरो र पाउण्ड स्र्टर्लिङको विनिमय दरको बारेमा बजारमा चर्चा भइरहन्छ । अहिले तपाईँले १ अमेरिकन डलर अर्थात् करिब १ सय नेपाली रुपैयाँ लिएर संसारका विभिन्न देश पुग्नुभयो भने तपार्इँले के–के किन्न सक्नुहुन्छ ? फोरतोलोलो डटकम डट रसका अनुसार १ अमेरिकी डलरले विश्वका विभिन्न देशमा यस्ता कुराहरू किन्न पाइन्छ :

rupees-100_nepal

१. मेक्सिमोमा १ डलरमा करिब ४ दर्जन केरा किन्न पाइन्छ ।

२. अस्ट्रेलियामा १ डलरमा मोबाइलमा १ मिनेट कुरा गर्न मिल्छ ।

३. अफ्रिकन मुलुक जिम्बाब्वेमा १ डलरमा लुगा कपडादेखि टन्न खाना  खान पुग्छ ।

४. क्यानडामा एक डलरमा एउटा अर्गानिक स्याउ किन्न पाइन्छ ।

५. हाइटीमा १ डलरमा ४ वटा भातका परिकार खान पाइन्छ ।

६. बेल्जियममा १ डलरमा चुइगमको सानो प्याकेट पाइन्छ ।

७. ग्रिनल्याण्डमा १ डलरमा १ लिटर पेट्रोल पाइन्छ ।

८. भेनेजुएलामा १ डलर तिर्दा कारमा आधा ट्याङ्की अथवा कहिलेकाँही पुरा ट्याङ्की पेट्रोल पाइन्छ ।

९. साउदी अरबमा १ डलरमा १ माइल ट्याक्सी चढ्न मिल्छ ।

१०. होन्डुरसमा शहरभरी गाडीमा घुम्न पाइन्छ एक डलर तिरे ।

११. इटालीको गान्जी शहरमा १ डलरमा एउटा घर एक दिनका लागि भाडामा लिन सकिन्छ ।

१२. डेनमार्कमा एक डलरमा किन्डर म्याक्सी चक्लेट किन्न सकिन्छ ।

१३. जोर्डनमा १ डलरले पेप्सी, चकलेट र आलुचिप्स किन्न पुग्छ ।

१४. इन्डोनेसियामा १ डलरमा बेलुकाको खाना खान पाइन्छ ।

१५. चाइनमा १ डलर तिरे धारोबाट एक पिन्ट बियर किन्न पाइन्छ ।

१६. चेज रिपब्लिकमा १ डलरमा ३ बोतल बियर किन्न सकिन्छ ।

१७. इजिप्टमा १ डलरमा ६ वटा फलाफल नामको स्यान्डविच खान पाइन्छ ।

१८. पोर्चुगलमा बल्लतल्ल सानो साइजको कफी खान सकिनेछ एक डलरमा ।

१९. स्विजरल्याण्डमा १ डलरमा विश्वप्रसिद्ध स्विज चिजको एउटा मसिनो टुक्रो खान मिल्छ ।

२०. थाइल्याण्डमा १ डलरम हरियो थाइकरी र भात खान पाइन्छ ।

२१. आइरल्याण्डमा एक डलरमा एक प्याकेट आलु चिप्स किन्न सकिन्छ ।

२२. नेपालमा १ डलरमा मःम खान सकिन्छ ।

२३. भारतमा १ डलरमा टन्न समोसा तरकारी खान पाइन्छ ।

२४. पाकिस्तानका कहीँ शहरमा १ डलरमा तरकारी र दालभात टन्न खान पाइन्छ ।

२५. तर नर्वेमा १ डलरमा केही पनि किन्न सकिन्न ।

बिहिवार, पौष २८, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam