Nic Asia
Arghakhachi cement
See result
Sarbottam Cement

सम–सामयिक

चिसो मौसममा सुरुभयो नुहाउने पर्व (हेरौं फोटो फिचर)

 

maghi5भक्तपुर, २८ पुस - भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीघाटमा आजदेखि एक महिने माधवनारायण मेला एवम् व्रत सुरु भएको छ ।

हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना लाग्ने माधवनारायण मेला आजदेखि यहाँ सुरु भएको हो ।

नेपाल संवत्को आठौँ शताब्दीदेखि सुरु भएको भक्तपुर नगरपालिकास्थित हनुमानघाटमा माघ महिनाभर व्रत बसेर प्रसिद्ध माधवनारायण मेला भरेमा मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ ।
Maghi 1

माधवनारायणको व्रत बस्ने व्यक्तिले व्रत सुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले पूजा गर्नुपर्ने, शङ्खजल ग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, शङ्खजल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा रहेको पुजारी चिरञ्जनराज राजोपाध्यायले जानकारी दिनुभयो ।
maghi3

नेसं ७२२ मा रणजीत मल्ल आफैँले व्रतको व्यवस्थापन गरेका शिलालेखमा उल्लेख गरिएको बताउँदै उहाँले यहाँस्थित त्रिवेणीघाटमा डुबेर एकचित्त भएर जे माग्यो त्यो पूरा हुने जनविश्वास रहेकाले भक्तजन यहाँ व्रत बस्ने र स्नान गर्ने आउने गरेको उहाँले बताउनुभयो ।
maghi2

राम, लक्ष्मण वनबास आउँदा दही चिउरा खाने क्रममा पानीको व्यवस्था गर्न हनुमानले आफ्नो पुच्छरले खाल्डो बनाएर पानी निकालेको र उत्तर, दक्षिणबाट आएको खोला एवम् हनुमानले पुच्छरबाट पानी निकालेपछि आएको मूलको पानी मिश्रित हुने भएकाले पनि यस क्षेत्रलाई त्रिवेणी घाट बन्ने प्रचलन रहेको छ ।
maghi4

maghi7 (2)

maghi6
RSS

बिहिवार, पौष २८, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nic Asia
Nepal Life insurence
ncell