shivam
Nerolac and Nepal life

संगीत

‘मोहनी लगायौ कि जन्तर गरेर...’ का गायक थापाको मृत्यु

काठमाडौं, ७ पुस–गायक तथा संगीतकार मधु बाबु थापाको निधन भएको छ ।

लामो समय रेडियो नेपालको संगीत महाशाखामा कार्यरत थापाले थुप्रै गीतमा संगीत दिएका थिए । पश्चिमेली गीत, देउडा, भोजपुरी तथा लोक गीतमा गीत गाएका थापाले थुप्रै आधुनिक गीतमा समेत संगीत दिएका थिए । उनको मोहनी लायौ कि जन्तर गरेर... बोलको गीत चर्चित छ ।

बाथरुममा नुहाउने क्रममा लडेका थापालाई मोडल अस्पताल पुर्याइएको थियो । विगत एक वर्षदेखि मुटुको औषधी सेवन गरिरहेका थापा बिहान कार्यालय गएर आएपछि नुहाएर खाना खाने भन्दै वाथरुम छिरेका थिए ।

बेलाबेलामा स्वास्थ्य स्थिति जाँच गर्दा राम्रो भएको छोरा महेश थापाले फोनवार्तामा बताए । ६३ वर्षीय थापाको शव अहिले काठमाडौंको मोडल हस्पिटलमा राखिएको छ । उनको पार्थिव शरीरलाई भोलि (शुक्रबार) नेपाल प्रज्ञा प्रतिष्ठान भवनमा श्रद्धान्जलीका लागि लगिने बताइएको छ । थापाका तीन छोरा छन् । बिहिवार, पौष ७, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota