Ruslan
Tata /sipradi
Nic Asia

संगीत

गायक एवं संगीतकार थापाको अन्त्येष्टि

काठमाडौं, ८ पुस – गायक एवं संगीतकार मधुबाबु थापाको अन्त्येष्टि गरिएको छ । पशुपतिमा गरिएको अन्त्यष्टीमा गायक, संगीतकार लगायतका व्यक्तिहरुको उपस्थिति रहको थियो ।

यसअघि उनको पार्थिव शरीरलार्इ नेपाल प्रज्ञा प्रतिष्ठानमा अन्तिम श्रद्धाञ्जलीको लागि राखिएको थियो ।

श्रद्धान्जली कार्यक्रममा सभामा संगीतकारहरु, लोक क्षेत्रका कलाकारको उपस्थिति थियो । थापालाई स्मरण गर्दैै विभिन्न उनीहरुले नेपाली साहित्य क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको थापाको निधनले सांगीतिक क्षेत्रमा अपूरणीय क्षति पुगेको बताए ।

थापा रेडियो नेपालको संगीत महाशाखामा जागिरे थिए । उनको बिहीबार बाथरुम जाँदा लडेर मृत्यु भएको हो । सयौं गीतमा संगीत दिएका मधु बाबु थापाले विभिन्न विधाका गीत गाएका छन् । उनको मोहनी लायौ कि जन्तर गरेर... लगायतका गीत गीत चर्चित छन् । शुक्रवार, पौष ८, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ncell
Shivam