Nerolac and Nepal life

संगीत

अंग्रेजी पपका सुपरस्टार जर्ज माइकलको निधन

काठमाडौं, ११ पुस — सुप्रसिद्ध अंग्रेजी पपगायक जर्ज माइकलको ५३ वर्षको उमेरमा सोमवार निधन भएको छ ।
सन् १९८० को दशकमा ह्वाम ! नामक सांगीतिक समूहबाट आफ्नो गायन करीयर थालेका माइकल बेलायतको अक्सफोर्डशायरस्थित घरमा बितेको बताइएको छ ।


माइकलको लगभग ४० वर्षे करीयरमा करीब १० करोड एल्बम बिकेका थिए ।

आफ्ना स्कूले साथी रिड्गेलेसँग मिलेर उनले ह्वाम ! नामक सांगीतिक समूह गठन गरेका थिए । उनका गीतहरू चारपल्ट नम्बर वान भएका थिए । पछि उनले एकल एल्बम पनि निकाले ।

जीवनको उत्तरार्धमा भने उनी लागूऔषधका कारण पक्राउ परे । लागूऔषधकै कारण उनलाई अनेक रोग लाग्यो । उनले न्युमोनियाको उपचार गराइरहेका थिए ।

उनका प्रसिद्ध गीतहरूमा वेक मी बिफोर यु गो, फ्रीडम, केयरलेस ह्विस्पर, आई याम योर म्यान, दी एज अफ हेवन, जीसस टु ए चाइल्ड लगायत पर्दछन् ।

बीबीसी सोमवार, पौष ११, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
ncell