Ruslan
Tata /sipradi
Sarbottam Cement

संगीत

प्रमोद खरेलको नयाँ गीत सार्वजनिक

काठमाडौं, १२ पुस — युवापुस्तामाझ लोकप्रिय गायक प्रमोद खरेलको नयाँ गीत ‘नरोउ भन्नेले नै रुवाइ गयो’ सार्वजनिक गरिएको छ ।


गीतमा कविता धितालको शब्द र राज कुमारको संगीत रहेको छ ।

हाललाई कभर भिडियोका रूपमा सार्वजनिक गरिएको गीतको अधिकारिक म्युजिक भिडियो पनि छायांकन भइसकेको र सो भिडियो पनि चाँडै सार्वजनिक हुने बताइएको छ ।

बाराही म्युजिकले बजार व्यवस्थापन गरेको प्रस्तुत गीत दर्शक श्रोताले मन पराउने आशा व्यक्त गरिएको छ ।

हेरौं भिडियो :

https://www.youtube.com/watch?v=t_0iwuMdsiY मंगलवार, पौष १२, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nepal Life insurence
ncell
Sarbottam Cement