shivam
Nerolac and Nepal life

संगीत

पुष्पल भए भुतुक्कै (भिडियो)

काठमाडौं, ३१ जेठ – कलाकार पुष्पल खड्काले सृष्टिना राईसँग रोमान्स गरेका छन् । बैंशालु जवानी तिम्रो बोलको गीतको भिडियोमा पुष्पल र सृष्टिनाले रोमान्स गरेका हुन् । जसलाई रंगपत्रकार विशाल राईलाई निर्देशन गरेका छन् ।

नवगायक श्री राईको शब्द, संगीत तथा स्वर रहेको उक्त गीतको सार्वजनिक गरिएको भिडियोलाई ज्ञानेन्द्र शर्माले क्यामेरामा कैद गरेका हुन् । भिडियोमा गायिका तायाहाङ राईको कोरियोग्राफी रहेको छ भने विशाल चौतारी प्रालिको प्रस्तुति रहेको छ ।

समर्पण एल्बममा समावेश उक्त गीत युट्युबमा रिलिज गरिएपनि गीतको एल्बम् भने गत शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी वरिष्ठ साहित्यकार सरुभक्त, कवि तथा गायक गणेश रसिक, तथा तायाहाङ राईले एल्बमको विमोचन गरेका थिए ।

बुधवार, जेठ ३१, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota