Ruslan
Tata /sipradi
Nic Asia

संगीत

पाकिस्तानकी ‘चायवाल’ फेरि मच्चाउँदैछन् सामाजिक सञ्जालमा सनसनी

एजेन्सी– अरशद खान अर्थात पाकिस्तानी चायवाल । जो आफ्नो आकर्षक लुक्सका कारण चिया बेच्दाबेच्दै एकएक सेलिब्रेटी बन्न पुगे । उनको तस्बिर सबैभन्दा पहिले फोटो ग्राफर जिषह अलीले शोसल मिडियामार्फत शेयर गरेका थिए भने सोहि तस्बिर भाइरल बन्न पुगेको थियो । fashion_1483170719
उनै चायवाला फेरि आफ्नो नयाँ फोटोसुटका कारण इन्टरनेटमा भाइरल बनिरहेका छन् । पछिल्लो उनको तस्बिर निकै आकर्षक देखिएको छ ।
यो तस्बिर पाकिस्तानी स्टाइलिस्ट तथा फोटोग्राफर अजिम सैनीले खिचेका हुन् । फोटोमा अरशद कुनै स्टारभन्दा कम्ता देखिएका छैनन् ।
स्मरण रहोस् चिया बेच्दै गरेको फोटो भाइरल बनेपछि उनले एक म्युजिक भिडियोमा मोडलिङ गरिसकेका छन् । जसमा उनले पाकिस्तानी गायिका तथा मोडल मुस्कान जेसँग रोमान्स गरेका छन् ।
4_148317862156_1483178856 शनिवार, पौष १६, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam