Nic Asia
Sarbottam Cement

संगीत

‘डायरी’ फिल्मको ‘माया माया’ गीत सार्वजनिक (भिडियो सहित)

काठमाडौं, १९ पुस – अभिनेत्री रेखा थापा भिलेनको भूमिकामा देखिएको चलचित्र ‘डायरी’को गीत सार्वजनिक भएको छ । अल्मोदा राना उप्रेतीले एरेन्ज गरेको गीतमा मानस राजको शब्द तथा लय रहेको छ ।


‘माया माया’ बोलको गीतमा मायाप्रेमका भावनालाई प्रस्तुत गरिएको छ । गीतको आधिकारिक भिडियो भने अझै सार्वजनिक भएको छैन ।

अनिल योञ्जनको निर्देशन रहेको चलचित्र ‘डायरी’मा रेखा थापा, छुल्ठिम गुरुङ, सन्नी सिंह, राजकुमार उप्रेती, दिनेश डिसी लगायतको अभिनय रहेको छ ।

चेतन गुरुङको कथा रहेको चलचित्रको टिजर सार्वजनिक भएसँगै चर्चा चुलिएको छ ।

हेरौं भिडियो :

मंगलवार, पौष १९, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nic Asia
Nepal Life insurence
ncell