Nic Asia
Sarbottam Cement

संगीत

ऐश्वर्या बूढी देखिएको भन्दै पति नयाँ हिरोइनको खोजीमा

मुम्बइ,१९ पुस– बलिउड अभिनेता अभिषेक बच्चनले आफ्नो होम प्रोडक्सनमा आगामी बर्ष बनाउन लागेको ‘लेफ्टी’ फिल्मको मूख्य भूमिकाको लागि पत्नी ऐश्वर्यालाई अस्वीकार गरेका छन् ।

‘लेफ्टी’ फिल्ममा अभिषेक आफै पनि खेल्दै छन् । दुबैले सँगसँगै बलिउडमा थुप्रै फिल्म खेलिसकेका छन् तर यसपटक अभिषेकले पत्नी ऐश्वर्यासँग फिल्म खेल्न नसक्ने बताएका छन् ।

दुबैले बलिउड फिल्म ‘गुरु’, ‘कुछ ना कहो’, ‘ढाई अक्षर प्रेम के’ र ‘उमराव जान’मा सँगसँगै खेलेका थिए ।

विवाहपश्चात पनि यी बलिउड जोडीले ‘रावण’ र ‘सरकार राज’मा सँगै खेलेका थिए ।

अभिषेक र ऐश्वर्य रायलाई सँगै फिल्ममा देख्न चाहने दर्शकहरु यसपाली निराश हुने भएका छन् ।

आगामी बर्ष बलिउड अभिनेता अभिषेक बच्चनले आफ्नै होम प्रोडक्शनमा नयाँ फिल्म ‘लेफ्टी’ निर्माण गर्न लागेका हुन् । उक्त फिल्ममा निर्देशकका रुपमा प्रभुदेवा र सह निर्माताको रुपमा बंटी वालिया रहेका छन् ।

ऐश्वर्या पति अभिषेकको उक्त फिल्ममा मुख्य भूमिकामा खेल्न चाहन्थिन् तर अभिषेकले उनको आग्रहलाई अस्वीकार गरे । अभिषेकले पत्नी ऐश्वर्या भन्दा पनि अर्कै नयाँ बलिउड अभिनेत्रीलाई ‘लेफ्टी’ फिल्ममा ल्याउन लागेका छन् ।

अभिषेक उक्त फिल्मको लागि नयाँ अभिनेत्रीको खोजीमा छन् । ऐश्वर्याको उमेर बढी देखिने कारण ऐश्वर्यालाई उक्त फिल्ममा लिन नसकेको अभिषेकको भनाइ छ ।

अभिषेक पछिल्लोपटक ‘हाउसफुल ३’ फिल्ममा देखा परेका थिए । ऐश्वर्याको पछिल्लो फिल्म ‘जज्बा’, ‘सरबजीत’ र ‘ऐ दिल है मुश्किल’ थियो । एजेन्सी मंगलवार, पौष १९, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nic Asia
Nepal Life insurence
ncell