संगीत

कपिल शर्मालाई टक्कर दिन आएको ‘द ड्रामा कम्पनी’ कस्तो छ ?

काठमाडौं, २ साउन — कृष्णा अभिषेकको नयाँ कमेडी शो ‘द ड्रामा कम्पनी’ आइतवार रातिदेखि सोनी टीभीमा शुरु भएको छ ।


कृष्णाको कट्टर दुश्मन कपिल शर्माकै च्यानलमा शुरु भएको ‘द ड्रामा कम्पनी’मा कपिलसँग खेल्ने गरेका कलाकार अली असगर र सुगन्धा मिश्रा पनि छन् ।

यसमा अन्य कलाकारहरू सुदेश लाहिडी, संकेत भोसले, रिद्धिमा पण्डित, तानाजी, मिथुन चक्रवर्ती र अरु वर्मा छन् ।

शो हेरेपछि सामाजिक सञ्जालमा आएका प्रतिक्रिया उत्साहप्रद छैनन् । धेरै प्रयोगकर्ताले शो एकदमै बोरिङ खालको र हाँस्ने ठाउँ नै नभएको प्रतिक्रिया दिएका छन् । कसैकसैले त सोनीले यस्तो शोलाई किन ठाउँ देको होला भनेर समेत लेखेका छन् ।

हालै कृष्णाले भारती सिंह कपिल शर्माको शोमा गएकोप्रति निराशा व्यक्त गरेका थिए । आफू र भारतीबीच कपिलको शोमा नजाने एक किसिमको अलिखित सहमति रहेको भएपनि भारतीले त्यसलाई तोडेको कृष्णाको आरोप छ । ‘त्यो कपिलले शोको नाम नै आफ्नो नामबाट राखेको छ अनि अरू कलाकारलाई त्यसले भाउ नै दिँदेन ।

त्यसको शोमा हामी नजाने है भनेर भारतीसँग कुरा भएको थियो तर उसले त्यहाँ जान चाही । म के भनौं ?’

कृष्णाको शो गतिलो हुँदैन भन्ने थाहा पाएरै होला शायद सुनिल ग्रोवरले अफर आएपनि शोमा भाग नलिएका ।

सुनिलले कपिलको शोमा फर्कने मन बनाएको हल्ला पनि अहिले बजारमा छ ।

एजेन्सी

साउन २, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस