Nic Asia
cocacola

संगीत

पशुपति शर्माका तीज गीतः ‘मेयरनी’ देखि चटपटे व्यापारीसम्म


काठमाडौं, २४ साउन – गायक पशुपति शर्मा पछिल्लो समयका चल्तीका कलाकार पनि मानिन्छन् । रोइला तथा दोहोरीबाट चर्चित शर्मा पछिल्ला केही वर्ष तीजका गीतमा पनि उत्तिकै सक्रियका साथ देखिन्छन् । गीतमार्फत सामाजिक चेतनाको सन्देश दिने शर्माले यस वर्ष पनि थुप्रै तीजका गीत बजारमा ल्याएका छन् । तीमध्ये केही गीतलाई हामीले यहाँ समावेश गरेका छौंः

‘दियौ चुरोट दिइनौ सलाई’ बोलको गीतमा पशुपति शर्मा र भूमिका गिरीको स्वर छ भने उक्त गीतमा शब्द तथा संगीत शर्माकै रहेको छ । गीतमा निक्स शर्मा र भूमिका गिरी लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । गीतको भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका हुन् ।

अर्को गीतमा ‘माइती भन्छन् किन आइती बरिलै’ बोलको गीतमा पनि शर्मा आफैले शब्द तथा संगीत दिएका छन् । गीतमा शर्मा र जुना श्रीसको स्वर सुन्न सकिन्छ । यो गीतको भिडियोमा पशुपति शर्मा, जुना श्रीस मगर, दिल कुमारी राम्जाली लगायतका कलाकारले अभिनय गरेका छन् भने भिडियोको निर्देशन प्रकाश भट्टले गरेका छन् ।

यही वर्षको तीज गीतमा बजारमा सार्वजनिक भएको अर्को गीत ‘मेयरनीको पोइ’ बोलको गीतमा श्रीमती मेयर पदमा जितेको कुरालाई गीतमार्फत रमाइलो पारामा प्रस्तुत गरेका छन् । यो गीतमा पनि शब्द, संगीत र स्वर शर्मा आफ्नै छ । महिला स्वरमा उनलाई जानकी तरामी मगरले साथ दिएकी छिन् । गीतको भिडियोलाई दुर्गा पौडेलले निर्देशन गरेका छन् ।

समाजमा देखिएको विकृति र विसङ्गतिलाई गीतमा उतारिएको छ । ‘मेरो छोरा दुई नम्बर गर्’ बोलको गीतमा पनि शर्माकै स्वर, शब्द र संगीत छ । गीतमा शर्मा र शान्ति श्री परियारको स्वर छ ।

यी सँगसँगै उनका अन्य गीत पनि युट्युबमा सार्वजनिक भएका छन् । उनका धेरै गीत यथार्थसँग नजिक छन् ।

मंगलवार, श्रावण २४, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
Nepatop and Maruti
Maruti