संगीत

विवादित थियो ओम पुरीको वैवाहिक जीवन, दोस्री पत्नीले गरिन् खुलासा

काठमाडौं, २२ पुस — बलिउडका प्रतिभाशाली अभिनेता ओम पुरीको ६६ वर्षको उमेरमा निधन भयो । बलिउड र विदेशी धेरै फिल्ममा काम गरेका ओम पुरीको व्यक्तिगत जीवन विवादमा घेरिएको थियो ।


ओम पुरीले दुईवटा विवाह गरेका थिए । सन् १९९० मा उनले सीमा कपूरसँग पहिलो बिहे गरेका थिए । तर यो विवाहको एक वर्षभित्रै उनको जीवनमा नन्दिता आइन् । ओम पुरीले सीमालाई छोडेर नन्दितालाई अँगाले ।

सीमाले नन्दितालाई घर तोडेको आरोप लगाइन् । सन् १९९३ मा ओमले नन्दितासँग बिहे गरे । उनीहरूको ईशान नामक छोरो छ ।

पछि नन्दिताले ओम पुरीविरुद्ध घरेलु हिंसा गरेको आरोप लगाइन् । सन् २०१३ मा उनीहरूको डिभोर्स भयो ।

ओम पुरीकी पहिली पत्नी सीमा प्रसिद्ध अभिनेता अनु कपूरकी बहिनी हुन् । बिहेभन्दा ११ वर्षअघिदेखि उनीहरूको चिनापर्ची थियो ।

सीमाले नै ओमलाई प्रपोज गरेकी थिइन् । ओम अरू कसैसँग सम्बन्ध बनाएर बसेका थिए त्यसैले पहिला त उनले सीमालाई नो भने ।

तर पछि १९९० मा उनीहरूको बिहे भयो । तर एक वर्ष पनि टिकेन यो सम्बन्ध ।

पछि उनको भेट पत्रकार नन्दितासँग भयो । कोलकातामा भएको एक अन्तर्वार्ताका दौरान नन्दिताको भेट ओम पुरीसँग भएको थियो । विवाहित हुँदाहुँदै ओमले नन्दितासँग चक्कर चलाए ।

यसबाट क्रुद्ध भएकी सीमाले ओमलाई छोडिन् । त्यतिखेरै सीमाको गर्भ पनि खेर गएको थियो । केही महिनापछि सीमालाई ओमले डिभोर्स दिए ।

आफूलाई ओम पुरीले कुटपिट गर्ने गरेको आरोप लगाउँदै नन्दिताले पनि सन् २०१३ मा डिभोर्स गरिन् ।

ओमको बायोग्राफी ‘अनलाइक्ली हिरो : ओम पुरी’ नन्दिताले नै लेखेकी थिइन् ।

यो पुस्तक निस्केपछि नै ओम र नन्दिताको सम्बन्ध बिग्रेर गयो ।

पुस्तकमा ओमका जीवनका कैयौं रहस्य खोलिएका थिए । ओमले फेरि पुरानी पत्नीसँग हिमचिम बढाएको आरोप नन्दिताले लगाइन् ।

त्यही किताबमा नन्दिताले ओमका विरुद्ध १४ वर्षको हुँदा ५५ वर्षकी नोकर्नीसँग शारीरिक सम्बन्ध बनाएको लेखिएको छ ।

एक दिन घरमा बत्ती जाँदा ओमले नोकर्नीसँग रमाइलो गरेको किताबमा लेखिएको छ ।

दैनिक भास्कर पुस २२, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस