Ruslan
Tata /sipradi
Nic Asia

संगीत

करण जोहरले आफू ‘गे’ भए नभएको खुलासा गर्ने

करण जोहर अहिलेसम्मका सबैभन्दा सफल निर्देशक मध्ये एक हुन् । उनको व्यवसायीक जीवन त उत्कृष्ठ चल्दै आएको छ ।

तर आफ्नो व्यक्तिगत जीवनबारे उनले खास कुरा बताउने गरेका छैनन् । उनी होमोसेक्सुअल भएको बारेमा भारतीय फिल्म उद्योगमा बेलाबेलामा चर्चा चल्ने गरेको छ ।

उनीमाथि ऐ दिल है मुश्किल फिल्मको शुटिङको बेलामा गतल तरिकाले छोएको अनुष्काले आरोप समेत लगाएकी थिइन् ।

एक पटक फेरी करण जोहरको यौन जीवनबारे प्रश्न उठेको छ । उनको वारेमा सन् २०१७ मा एक पुस्तक आउन लागेको छ । जसमा उनले आफू गे भएको नभएको बारे जानकारी दिने भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

टाइम्स अफ इन्डियाका अनुसार करण जोहर आफ्नो वायोग्राफी द अनसूटेबल व्वाइ शीर्षकमा यस विषमा प्रस्तुत हुने छ । करणले आफ्नो यौन जीवन बारेमा केही उल्लेख गर्ने गरेका छैनन् भने उनको व्यवहार होमोसेक्सुअल भएको चर्चा भारतमा हुने गरेको छ । आइतवार, पौष २४, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam