Nic Asia
cocacola

संगीत

नेपाल संगीत उद्योग संघमा विवाद, बहुमत सदस्यले दिए राजिनामा

काठमाडौं, २५ पुस – नेपाल संगीत उद्योग संघमा अध्यक्षले एकलौटी मनोमानी गरेको भन्दै उपाध्यक्ष र सचिवसहित ६ जना असन्तुष्ट सदस्यले राजिनामा दिएका छन् ।

संघका अध्यक्ष सुर्य मगरले मनोमानी ढंगले संस्था चलाएको आरोप लगाउँदै उपाध्यक्ष रामजीप्रसाद पन्त, सचिव टुकराज काफ्ले विमल अधिकारी, सुविन लामिछाने, केशव सापकोटा, घनश्याम अधिकारी लगायत ६ जनाले राजिनामा दिएका हुन् ।

अध्यक्ष मगरले कार्यसमितिको जानकारी बिना संस्थागत निर्णय गरेको, संस्थाको नियम विपरित सदस्यता बाँडेको, संस्थागत फर्निचरको मर्मत नगरेको लगायतका आरोप लगाउँदै आफूहरू नैतिकताका आधारमा पनि संस्थामा बस्न उपयुक्त नठानेको राजिनामा पत्रमा उल्लेख गरेका छन् ।

दुई सदस्य कारवाही परेका कारण ११ सदस्यीय रहेको कार्यसमिति रहेको थियो । गतवर्ष गठित कार्यसमितिमा एकैपटक ६ सदस्यले राजिनामा बुझाएपछि संघ अहिले संकटमा परेको छ । मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, शम्भु राई, गोपाल योञ्जन लगायतका व्यक्तित्वले चलाएको संघ अहिले धराशायी बनेको छ । सोमवार, पौष २५, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
Nepatop and Maruti
Maruti