Ruslan
Tata /sipradi
Sarbottam Cement

संगीत

यो गीत सुनेर धेरैले गरे आत्महत्या !

काठमाडौं — संगीतले हामीलाई पीडा कम गर्न मद्दत पनि गर्छ अनि खुशीलाई बढाउने काम पनि गर्छ ।
तर कुनै संगीत यस्ता हुन्छन् जसले हामीलाई अत्यन्तै दुःखित तुल्याउँछन् ।


‘ग्लूमी सन्डे’ नामक गीतका कारण धेरै मानिसले आत्महत्या गरे । सन् १९३३ मा रेस्जो सेरेस नामक हंगेरियन संगीतकारले बनाएको यो गीत संसारकै सबभन्दा लोकप्रिय र अशुभ गीत मानिन्छ ।

यो गीतमा यति पीडा भरिएको छ कि श्रोताको मन हुँडलिन पुगिहाल्छ । एउटा वियोगान्त प्रेमकथामा आधारित छ यो गीत । कथामा प्रेमीको मृत्यु हुन्छ र प्रेमिका ऊसँग भेट्ने इच्छा राख्छिन् ।

यो गीतका धेरै रिमेक भएका छन् । अमेरिकी ज्याज गायिका बिल्ली होलिडेले यसलाई रिकम्पोज गरेर गाइन् । तर गीतको जादू हराएन र अझै थुप्रै मानिसले आत्महत्या गरे । हंगेरीका एक पसलेले त अंग्रेजी संस्करणको गीत सुनेर आत्महत्या गरे ।

धेरै बदनाम भएपछि सन् १९४१ मा बीबीसी लगायत धेरै रेडियोले यस गीतमा प्रतिबन्ध लगाइदिए । पछि आएर सन् २००३ मा बल्ल बीबीसीले प्रतिबन्ध हटायो ।

बिल्ली होलिडेले गाएको गीत यहाँ सुन्नुहोस्


ओरिजिनल हंगेरियन गीत यहाँ सुन्नुहोस्

बिन्ती छ, गीत सुनेर आत्महत्या चाहिँ नगरिदिनुहोला ।

एजेन्सी आइतवार, बैशाख १०, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nepal Life insurence
ncell
Sarbottam Cement