Nic Asia
cocacola

संगीत

चलचित्रले ‘छक्का पञ्जा २’ ले कमायो दश करोड, हलमा दर्शकको उत्तिकै चाप


काठमाडौं, २२ भदौ – असोज ११ गते फुलपातिमा प्रदर्शन भएको चलचित्र ‘छक्का पञ्जा २’ एघारौं दिनमा दश करोडको ग्रस कलेक्सन गरेको छ । नेपाली सिनेमा क्षेत्रमा सर्वाधिक व्यापार गर्ने चलचित्र ‘छक्का पञ्जा’ ले सत्र करोडको व्यापार गरेको थियो भने चलचित्र ‘कोहिनुर’ ले दश करोडको व्यापार गरेको थियो ।

एघारौं दिनमा आइपुग्दा चलचित्रले स्व. श्रीकृष्ण श्रेष्ठ र स्वेता खड्का अभिनित चलचित्र ‘कोहिनुर’ को व्यापारलाई उछिनेको छ ।

दीपाश्री निरौलाले निर्देशन गरेको चलचित्रमा दीपकराज गिरीको मुख्य भूमिका रहेको छ । विदेश जाने मोहले नक्कली बिहे गर्ने कथाको वरिपरि घुमेको फिल्म हेर्न मल्टिप्लेक्स हलमा पनि उत्तिकै दर्शक ओइरेका छन् भने समीक्षकले फिल्मलाई औसत र भनेका छन् ।

प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, शिवहरि पौडेल, स्वस्तिमा खड्का, स्वरुप पुरुष ढकाल, दीपकराज गिरी लगायतका कलाकारको अभिनय रहेको चलचित्र यतिबेला देशभरका हलमा प्रदर्शन भइरहेको छ । आइतवार, आश्विन २२, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
Nepatop and Maruti
Maruti