Nic Asia
cocacola

संगीत

कुनै बेला भएको थियो लता मंगेशकरलाई विष दिने प्रयास

मुम्बई – चर्चित भारतीय गायिका लता मंगेशकर अठासी वर्षमा पुगिन् । उनका पीता रंगमञ्चका कलाकार थिए । लतालाई सानैदेखि संगीतमा रुचि थियो । १३ वर्षकै उमेरमा मराठी चलचित्रमा गीत गाएर आफ्नो गायन यात्रा थालेकी लता सन् १९४७ बाट हिन्दी सिनेमामा गीत गाउन थालेकी थिइन् । उनले अहिलेसम्म तीस हजारभन्दा बढी गीत गाइसकेकी छिन् ।

भारत सरकारले उनलाई पद्य भूषण र भारत रत्नले सम्मानित गरेको छ । बलिउडका कैयन् पुरस्कार पाएकी लताका बारेमा एक भारतीय पत्रिकाले समाचार लेखेको छ ।

१९६२ मा जब लता ३२ सालकी थिइन्, त्यतिबेला उनलाई विष खुवाउने प्रयास गरिएको थियो । लताकी एक नजिककी एक मित्रले आफ्नो पुस्तकमा यो कुरा लेखेकी छिन् । त्यसपछि लेखक मजरुह सुल्तानपुरी लताको घर आएर खाना चाखेर मात्र खाने गर्थे । तर उनलाई कसले मार्न चाहेको थियो भन्ने अहिलेसम्म पनि गोप्य नै छ ।

अर्को रमाइलो कुरा के छ भने लताका बुबा दिनानाथ मंगेशकरलाई मराठी थिएटरमा सबैले चिन्दथे । गोवामा आँप र काजूको बगानमा दुई लाखको रुपैयाँमा एक पहाड नै किनेका थिए । उनलाई त्यतिबेला गोवा नै किन्नेका सोचमा थिए तर उनलाई नशाका लत लाग्यो । जसको असर घरमा पनि प–यो । यसको कारण लतालाई कम उमेरमा नै काम गर्न प–यो ।

तीस हजारभन्दा धेरै गीत गाएकी लतालाई भारतमा स्वर कोकिला पनि भन्ने गरिन्छ । उनका हजारौं गीतमा केही गीत अहिले पनि उत्तिकै चर्चामा छन् । सोमवार, आश्विन २३, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
Nepatop and Maruti
Maruti