संगीत

महेशको यता पनि लरक्कै बजारमा

काठमाडौं, ४ पुस - महेश विक्रम पाण्डे, टिका पुन र दिलमाया पौडेलको स्वर रहेको यता पनि लरक्कै बोलको गीत बजारमा आएको छ ।
कल्पना डिजिटलले बजारमा ल्याएको यो गीतमा लय, शब्द तथा अभिनय पाण्डेकै रहेको छ । पाण्डे लगायत वर्षा र आरतीलाई पनि भिडियोमा देख्न सकिन्छ ।


विशाल नेपालीले निर्देशन गरेको भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन र विकाश धमलाको सम्पादन रहेको छ ।

पुस ४, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस