Nic Asia
Sarbottam Cement

संगीत

शाहरुखको नयाँ फिल्म ‘रईस’ मा सनी लियोनीको नाच

काठमाडौं, ४ पुस– सुपरस्टार शाहरुखको आउन लागेको फिल्म ‘रईस’काे ‘लैला मैं लैला’ गीतमा सनी लियोनीले अाइटम डान्स गर्न गरेकी छिन् । 

यस गीतको फोटो सनी लियोनीले सोमवार सोशल मिडियामा सार्वजनिक गरेकी हुन् । राहुल ढोलकियाले निर्देशन गरेकाे उक्त फिल्ममा अाइटम डान्सरकाे भूमिका निभाउन पाएकोमा खुशी लागेको सन्नीले बताइन् ।


यस फोटोमा सनी लियोनी निलो रंगको लंहगा चोलीमा देखा परेकी छिन् । उनी यस पहिरनमा निकै सुन्दरी देखेकी छिन् ।

उक्त फोटोलाई ट्वीटरमा सार्वजनिक गर्दै उनले ‘लैला मैं लैला’ गीतमा आइटम डान्समा सहभागी हुन पाएकोमा खुशी व्यक्त गरिन् ।

‘रईस’ फिल्मको यो गीत सन १९८० मा रिलिज भएको ‘कुर्बानी फिल्मबाट ‘लैला मैं लैला’ गीत लिइएको थियो । एजेन्सी

सोमवार, पौष ४, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nic Asia
Nepal Life insurence
ncell