×

NMB BANK
NIC ASIA

प्रदेश सरकारमाथि खनिए सांसद - सरकार ठूला ठूला भाषण गर्न ठिक्क, नेता कार्यकर्ता बजेट बाँड्न व्यस्त

माघ २४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले सरकारले बाँडेको अनुदानमा व्यापक भ्रष्टाचार भएको आरोप लगाएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका शाहीले कर्णाली प्रदेशको पाँचौं अधिवेशनको पहिलो बैठकमा सरकारले ठूला सपना देखाएपनि कार्यान्वयनमा भने कुनै प्रगति नदेखाएको आरोप लगाएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘बारम्बार हामीले सरकारलाई आग्रह गरेका थियौं, हामीले सरकार सुध्रोस भन्ने आशा गरेका थियौं,’ उनले भने, ‘तर दुई वर्षमा पनि पूँजीगत बजेट खर्च भएको छैन । जनताले सरकार भएको महसुस गर्न सकेका छैनन । चालू आर्थिक वर्षको ६ महिनामा विकास खर्च करीब ४ प्रतिशत मात्रै छ । यसरी हेर्दा के संघीयता टिक्ला ? जनताका अपेक्षा पूरा होलान् ?’


Advertisment
Nabil box
Kumari

उनले सरकारले ठूला ठूला भाषण मात्र गरेको आरोप लगाए । ‘सरकार ठूला ठूला भाषण गर्छ, नेता कार्यकर्तालाई बजेट बाँड्न ठिक्कै छ,’ उनले भने, ‘यसरी कसरी कर्णालीमा समृद्धि आउला ? कसरी जनअपेक्षा पुरा होलान् ?’

Vianet communication
Laxmi Bank

उनले कर्णालीको विकासका लागि प्रतिपक्ष लचिलो भएतापनि सरकारले भने टेरपुच्छर नलगाएको आरोप लगाए ।

कर्णाली प्रदेश सभाका सदस्य यामलाल कंडेलले कर्णाली प्रदेश सरकारलाई विश्वास बाहिरका अन्य संस्थाभन्दा सदन भित्रैका दल र माननीयबाट खोज्न सुझाव दिएका छन् । नेता कंडेलले सरकार सदनले नै बनाएको हुँदा सदन र नेकपा संसदीय दलभन्दा बाहिरका कुनै अमूक संघसंस्थाको विश्वास नगर्न सरकारलाई आग्ह गरेका हुन् ।

‘दुईतिहाई भन्दा बढिको ऐतिहासिक अवसर प्राप्त भएको बखत पनि सरकारको काम प्रभावकारी हुन सकेको छैन भन्ने कुरा राजधानीमा बसोबास गर्ने २४ वटै निर्वाचन क्षेत्रका जनताले चोकचोकमा कुरा गरिरहेका छन्,’ उनले भने, ‘हाम्रा सामु अप्ठ्यारो छ, चुनौती पनि छ । समस्या धेरै छन् । तरपनि हामीले काम गर्नुपर्नेछ । काम गर्नुस् ।’

उनले अरुका लागि देख्यौ त दुईतिहाइको सरकारले के ग¥यो भन्ने प्रश्न गर्न दिने मौका नदिन सरकारलाई आग्रह समेत गरे ।

संसद प्रतिपक्षको र सरकार बहुमतको भएको प्रसंग उल्लेख गर्दै सांसद कडेलले प्रतिपक्षले आलोचना गर्नु स्वभाविक भएको बताए तर सत्तापक्षले नै आलोचना गर्नुपर्ने स्थिति पैदा भएको बताउँदै काम गर्न नसकेमा दुईतिहाइको कम्युनिष्ट सरकारले अरुलाई दोष दिने ठाँउ नरहेको उनको भनाइ छ ।

सत्तापक्षीय संसदलाई प्रतिपक्षको जस्तो व्यवहार नगर्न सरकारको ध्यानाकर्षण गराए । उनले कतिपय संचार माध्यमले बिना तथ्य प्रमाण मन्त्री फेरबदलको समाचार सम्प्रेषण गरेको बताए ।

‘सरकार फेरबदल पार्टीको आन्तरिक विषय भएकोले त्यसलाई आफूअनुकुल विश्लेषण गर्नु गलत हो,’ उनले भने, ‘मनगढन्ते, कपोल्कल्पित धारणा मिडियामार्फत् प्रकाशन नगर्नुहोस् । यसले तपाईको मिडियाप्रतिको विश्वास घटाउनेछ । कुनै प्रमाणका आधारमा लेखिन्छ भने त्यो स्वीकार्य हुन्छ तर मिडिया प्रचारका लागि गरिने विषय भने सान्दर्भिक होइन ।’

सदनमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद शोसीला शाहीले प्रदेश सरकारको बजेट खर्च कागजमै सीमित भएको बताइन् । बजेट कार्यान्वयनको सदनमा समीक्षा हुनुपर्ने उनको भनाइ छ ।

आसेपासे, कार्यकर्तालाई मात्रै मोटाउने काम प्रदेश सरकारले गरेको उनको तर्क थियो । उनकै शब्दमा नीति तथा कार्यक्रम नभई बेथिति तथा कार्यक्रम भन्नुपर्ने व्यंग्य गरिन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x