×

NMB BANK
NIC ASIA

सौर्यद्वारा लिखित भाषण तथा उद्घोषण कला पुस्तक सार्वजनिक

माघ २५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

शंकर प्रधान सौर्यद्वारा लिखित भाषण तथा उद्घोषणकला पुस्तक सार्वजनिक भएको छ ।

Muktinath Bank

ड्रीम प्वाइन्ट एजुकेसनल एण्ड ट्रेनिङ इन्स्टिच्युटको दशौं वार्षिकोत्सव समारोहको क्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले पुस्तकको लोकार्पण गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लोकार्पण समारोहमा बोल्दै मन्त्री गुरुङले पुस्तकले महिला तथा युवालाई आफ्ना विषय, हकअधिकार तथा मुद्दामा केन्द्रित रहेर जोडदार कुरा उठान गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।


Advertisment
Nabil box
Kumari

नेपाली समाजमा पुस्तौंदेखि प्रचलित बोल्नेको पिठो पनि बिक्छ र नबोल्नेको चामल पनि बिक्दैन भन्ने उखानलाई चरितार्थ गर्ने उद्देश्यले प्रकाशित पुस्तकले उत्पीडित जाति, क्षेत्र, वर्ग, लिङ्ग र व्यक्तिलाई अन्तरआत्मादेखि नै सशक्त बनाउँदै सत्य वाणी बोल्न प्रेरित गर्नेमा आफ्ना धारणा व्यक्त गरे ।

Vianet communication
Laxmi Bank

सम्बोधनकै क्रममा उनले नेपाल सरकारले अघि सारेको समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य हासिल गर्नका लागि सबैले जायज माग उठाउनुपर्ने र सम्बन्धित निकाय तथा सरकारलाई समेत झक्झक्याउन सक्नुपर्ने कुरा व्यक्त गरे ।

पुस्तकको समीक्षा गर्दै जनप्रशासन क्याम्पसका उपप्राध्यापक एवं स्थानीय शासन विज्ञ डा. बुद्धिमान श्रेष्ठले पुस्तकले अन्तरमनको भाव बोकेको र नेपाली समाजमा देखिएका जल्दाबल्दा विषय उठान गर्न सफल भएको धारणा व्यक्त गरे ।

‘जो बोल्न डराउँछ, लजाउँछ र अप्ठ्यारो मानेर पन्छिने काम गर्छ, उनको लागि यो पुस्तक रामवाण सावित हुनेछ,’ उनले भने । कलात्मक भाषण तथा उद्घोषण गर्ने सम्पूर्ण मौलिक तौरतरिकादेखि लिएर विभिन्न भाषणका नमूना समेत गहन ढंगले पुस्तकमा समावेश भएको पाउँदा औधी खुशी लागेको बताए ।

पुस्तक समीक्षाकै क्रममा अधिवक्ता, लेखक तथा सामाजिक अभियन्ता स्वागत नेपालले पुस्तकको समीक्षा गर्ने क्रममा पुस्तक व्यक्तिको व्यक्तित्वका साथै नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले गरिएको बताए ।

उनका अनुसार आजको समयमा देशका नेताहरूको भाषण सामान्यभन्दा सामान्य व्यक्तिले बुझ्ने प्रकारको नभएको र आफूले मन्तव्य दिने क्रममा दर्शक स्रोताको ध्यान खिचिराख्नको लागि भाषण तथा उद्घोषणकला पुस्तक सहयोगी रहेको बताए ।

पुस्तकले शारीरिक गठन, आत्मबल वृद्धि गर्न, शब्द चयन लगायत अन्य विविध पक्ष समेट्न मद्दत गर्न सफल रहेको जानकारी दिए ।

कार्यक्रममा विविध क्षेत्रका व्यक्तिलाई सम्मान समेत गरिएको छ । कार्यक्रमको सभाध्यक्ष पुस्तकका लेखक एवं ड्रीम प्वाइन्ट इन्स्टिच्युटका अध्यक्ष शंकर प्रधानले गरेका थिए । कार्यक्रममा विभिन्न सांगीतिक प्रस्तुती समेत प्रस्तुत गरिएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x