×

NMB BANK
NIC ASIA

सांसदहरूको लेखाजोखा

सांसद थरिथरिका : ७ जना दुई वर्षसम्म एकपटक पनि बोलेनन्, कोही भने उत्कृष्ट ठहरिँदै पुरस्कृत

माघ २६, २०७६

NTC
Sarbottam
सांसद रागिनीदेवी वनरवालको भने तस्वीर उपलब्ध हुन सकेन
Premier Steels
Marvel

प्रदेश २ मा प्रदेश सभा निर्वाचन सम्पन्न भएर प्रदेश सभाको पहिलो बैठक बसेको यही माघ २१ गते २ वर्ष पूरा भयो ।

Muktinath Bank

दुई वर्षको अवधिमा प्रदेश सभाले स्थायी राजधानी तोक्ने र नामकरणको काम गर्न सकेको छैन, जुन उसको प्रमुख दायित्व हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश २ मा कुल १ सय ७ जना सांसद छन् ।


Advertisment
Nabil box
Kumari

कानून निर्माण गर्ने प्रमुख थलो हुनुका साथै जनताबाट निर्वाचित जनप्रतिनिधिले जनताको आवाज उठाउने थलो पनि प्रदेश सभा नै हो ।

Vianet communication
Laxmi Bank

यस अवधिमा सांसदहरूले जनताको आवाज कति उठाए त ? प्रदेश सभा सचिवालयले उपलब्ध गराएको तथ्यांक हेर्ने हो भने ७ जना सांसदले त अहिलेसम्म एकपटक पनि नबोलेको देखिन्छ । प्रदेश सभाको तेस्रो अधिवेशन जारी रहँदा केही सांसदले भने पटक–पटक बोलेका छन् ।

प्रदेश सभा सचिवालयका सचिव रञ्जित कुमार यादवले उपलब्ध गराएको तथ्यांकअनुसार राजपा नेपालकी सांसद् अल्काकुमारी झा हालसम्म बोलेकी छैनन्, उनी समानुपातिकतर्फ महोत्तरीबाट प्रतिनिधित्व गर्छिन् ।

राजपा नेपालका महासचिव सुनिल रोहितकी श्रीमती समेत रहेकी झालाई राजपाका अध्यक्ष मण्डलका सदस्य अनिल कुमार झा प्यानलबाट सांसद बनाइएको हो ।

त्यसैगरी रौतहटका सांसद धनलाल ठोकरले पनि हालसम्म एकपटक पनि बोलेका छैनन् । ठोकर नेपाली कांग्रेसको टिकटमा रौतहटको संसदीय क्षेत्र नम्बर ४ (१) बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।

त्यसैगरी समाजवादी पार्टीबाट निर्वाचित महोत्तरीका सांसद सरोजकुमार सिंहले पनि हालसम्म बोलेका छैनन् ।

महोत्तरीको संसदीय क्षेत्र नम्बर ४ (२) बाट प्रत्यक्ष निर्वाचित सिंह प्रदेश सरकारका राज्यमन्त्री पनि हुन्, उनी आन्तरिक मामिला तथा कानून राज्य मन्त्री छन् ।

त्यसैगरी समाजवादी पार्टीबाट निर्वाचित सांसद अभिशेख यादवले पनि बोलेका छैनन् ।

सप्तरीको संसदीय क्षेत्र नम्बर ४ (२) बाट निर्वाचित भएका यादव प्रतिनिधि सभा सदस्य तथा समाजवादी पार्टीकी उपाध्यक्ष रेणु यादवका छोरा समेत हुन् ।

यसैगरी समाजवादी पार्टीका शारदाशंकर कलवार र रागिनीदेवी वनरवाल तथा कांग्रेसका नागेन्द्रप्रसाद सिन्हाले समेत एकपटक पनि प्रदेश सभामा बोलेका छैनन् ।

जसले एकपटक मात्र बोले 

प्रदेश सभाका ११ जना सांसदहरूले हालसम्म १ पटक मात्र बोलेका छन् । महोत्तरी ३ (१)बाट निर्वाचित राजपाका सांसद अभिराम शर्माले १ पटक मात्र बोलेका छन् ।

उनी प्रदेश सरकारमा सामाजिक विकास राज्य मन्त्री समेत हुन् । त्यसैगरी समाजवादी पार्टीबाट पर्सा ३(१)मा निर्वाचित भएका सांसद अब्दुल रहिम अन्सारी, पर्साबाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका समानुपातिक सांसद आशिया देवी थरुनी पनि एकपटक मात्र बोलेका छन् । 

त्यसैगरी बाराबाट निर्वाचित समाजवादी पार्टीकी समानुपातिक सांसद उषाकुमारी यादवले पनि एकपटक मात्र बोलेकी छन् । उनी प्रदेश सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री समेत छिन् । सर्लाहीको २(१)बाट प्रत्यक्ष निर्वाचित भएका राजपा सांसद गौरीनारायण साह तेली र  पर्सा १(१) बाट प्रत्यक्ष निर्वाचित भएका समाजवादी पार्टीका जनत अन्सारीले पनि एकपटक मात्र बोलेका छन् ।

सप्तरीबाट प्रतिनिधित्व गर्ने नेकपाकी समानुपातिक सांसद प्रमिला कुमारी यादव, सिरहाबाट प्रतिनिधित्व गर्ने नेकपाकी समानुपातिक सांसद फूलिया देवी सदाय, बाराबाट प्रतिनिधित्व गर्ने नेकपाका समानुपातिक संसद मोहम्मद समीर, रौतहटको २(२)बाट प्रतिनिधित्व गर्ने समाजवादी पार्टीका प्रत्यक्ष निर्वाचित सांसद रामकिशोरप्रसाद यादवले समेत एकपटक मात्र बोलेका छन् । 

त्यसैगरी सिरहाको ४ (२)बाट प्रत्यक्ष निर्वाचित भएका राजपा नेपालका सांसद सुरेशकुमार मण्डलले पनि एकपटक मात्र बोलेका छन् । मण्डल प्रदेश सरकारमा उद्योग, पर्यटन, वन तथा वातवरण राज्यमन्त्री समेत हुन् ।  

त्यसैगरी बाराको १(१)बाट प्रत्यक्ष निर्वाचित भएका नेकपाका सांसद त्रिलोकी प्रसादले समेत एकपटक मात्र प्रदेश सभामा बोलेका छन् ।

पर्साबाट प्रतिनिधित्व गर्ने राजपा नेपालकी अञ्जु कुमारी, महोत्तरीबाट प्रतिनिधित्व गर्ने समाजवादी पार्टीकी किरणकुमारी राय, सर्लाहीबाट प्रतिनिधित्व गर्ने राजपा नेपालकी निलमदेवी भूमिहारिनले २ पटक मात्र बोलेका छन् ।

सिराहाबाट प्रत्यक्ष निर्वाचित नेकपा सांसद मदनप्रसाद श्रीवास्तव, महोत्तरीबाट प्रतिनिधित्व गर्ने राजपा नेपालकी वविता कुमारी, सर्लाहीबाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसकी श्यामपरी देवी, पर्साबाट प्रत्यक्ष निर्वाचित भएका नेपाली कांग्रेसका सांसद शंकरप्रसाद चौधरी, पर्साबाटै प्रत्यक्ष निर्वाचित भएका समाजवादी पार्टीका सांसद सिंघासन साह कलवारले समेत २ पटक मात्र बोलेका छन् ।

जसले बहसमा बढी भाग लिए 

प्रदेश सभामा केही यस्ता सांसद छन् जो हरेक दिनजसो बैठकमा कुनै न कुनै विषयमा बोलिरहेका हुन्छन् । शून्य समय होस् वा विशेष समय, विधेयकमाथिको छलफल होस् वा संशोधन नै हाल्ने कुरा, सबै विषयवस्तुमाथि गम्भीर रूपले अध्ययन गरेर रोचक तरिकाले बहस गर्ने सांसदहरू पनि छन् ।

ती सांसदहरूकै कारण प्रदेश सभाको बैठकमा हुने गरेको बहस रोचक त हुन्छ नै प्रतिपक्ष र सत्तापक्षबीच दोहोरी नै चल्ने गर्छ ।

हालसम्म सबैभन्दा बढी बोल्ने सांसदमध्ये धनुषाबाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका समानुपातिक सांसद शिवचन्द्र चौधरी छन् । उनले हालसम्म कुल ६५ पटक बोलिसकेका छन् ।

सक्रिय सहभागिताका कारण गत वर्ष प्रदेश सभाको वार्षिकोत्सवमा सभामुख सरोजकुमार यादवले उनलाई उत्कृष्ट सांसद भन्दै ५१ हजार रूपैयाँ नगदसहित सम्मानित गरेका थिए ।

उनीपछि धेरैपटक बोल्ने सांसदमा पर्छन्, नेकपाका सुन्दरबहादुर विश्वकर्मा । उनले हालसम्म कुल ४८ पटक बोलेका छन् ।

यसवर्ष दोस्रो वार्षिकोत्सव मनाउँदा सभामुख यादवले उनैलाई उत्कृष्ट सांसदको रूपमा ५१ हजार नगदसहित सम्मानित गरे । नेकपाका प्रमुख सचेतक समेत रहेका उनी बाराको ४ (१)बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

बढीपटक बोल्ने तेस्रो सांसद हुन्, धनुषाबाट प्रतिनिधित्व गर्ने समाजवादीका सांसद ज्ञानेन्द्रकुमार यादव । धनुषाको ४ (१)बाट निर्वाचित भएका यादव प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्री पनि हुन् ।

उनले हालसम्म कुल ३६ पटक बोलेका छन् । प्रदेश सरकारका प्रवक्ता समेत भएका कारण सांसदहरूले शून्य समय तथा विशेष समयमा उठाउने गरेका प्रश्नहरूको जवाफ प्रायःजसो उनले नै सरकारको तर्फबाट दिने गरेका छन् ।

मुख्यमन्त्री लालबाबु राउतले पनि कुल २३ पटक सदनमा बोलेका छन् । आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले १९ पटक, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले ३ पटक, सामाजिक विकास मन्त्री नबलकिशोर साह सुडीले १० पटक बोलेका छन् ।

त्यसैगरी भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्रप्रसाद सोनालले १५ पटक र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायले ७ पटक मात्र बोलेका छन् ।

प्रमुख प्रतिपक्षी नेकपाका संसदीय दलका नेता सत्यनारायण मण्डलले १० पटक र अर्को प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता राम सरोज यादवले २७ पटक बोलेका छन् ।   

हेर्नुहोस्, को कति बोले ?

नोट : सूचीमा बोलेको खण्ड खाली देखिएका सरोजकुमार यादव सभामुख र उपमाकुमारी देवी उपसभामुख हुन् । सभा सञ्चालन गर्नुपर्ने भएकाले बोल्ने सूचीमा उनीहरूको नाम हुँदैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x