×

NMB BANK
NIC ASIA

डाँकाले आक्रमण गरेपछि बाइकमा भागे यी व्यक्ति (रोमाञ्चक भिडियो)

माघ २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

ब्राजिलको साओ पाउलोस्थित फर्नाओ दियास हाईवेमा बाइकमा गइरहेका एक व्यक्तिलाई डाँकाहरूले गोली हानेपछि उनीहरूबाट बच्नका लागि भागेको रोमाञ्चक भिडियो प्रकाशित भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

एडुआर्डो पिमेन्ता नामक व्यक्ति अघिल्लो आइतवार आफ्नो बाइकमा गइरहेको बेलामा अर्को मोटरसाइकलमा आएका मानिसहरूले उनलाई लखेटेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

डाँकाहरूले गोली चलाएपछि उनले बाइक पूरै घुमाएर सडकको गलत साइडबाट बाइक हुइँक्याएका थिए र त्यसक्रममा ट्रक र कारहरूसँग लगभग ठोकिएका थिए । 


Advertisment
Nabil box
Kumari

उनले ग्लोबो जी१ सँग कुरा गर्दै भने, ‘म रोकिएको भए मर्ने थिएँ । उनीहरूले गोली हाने अनि त्यसपछि म कसरी बाँच्ने भन्ने कुरा मात्र रह्यो ।’

Vianet communication
Laxmi Bank

पिमेन्ताको हेल्मेट क्यामरामा रेकर्ड गरिएको भिडियो फूटेजमा उनी शुरूमा शान्त तवरले सडकमा बाइक गुडाइरहेको देखिन्छ । 

तर केही समयपछि अर्को बाइकमा दुईजना पुरुष आइरहेका देखिन्छन् । 

त्यसपछि बाइक हाँकिरहेका मानिसले पिमेन्तालाई संकेत गरेर बाइकलाई देब्रे कुनाबाट मध्यमा ल्याउँछन् र बाटो रोक्न खोज्छन् । 

पिमेन्ताले बाइकको गति घटाइरहेका हुन्छन् । त्यसपछि उनी पछिल्तिर हेर्छन् र फर्केर सडकको गलत मोडतिर बाइक कुदाउँछन् । 

उनी ब्यारियर नजिकै बाइक कुदाउँछन् र कार तथा ट्रकहरूलाई छल्दै भागिरहन्छन् । 

यस अवधिभरि उनी बाइकलाई नियन्त्रणमै राख्छन् र केही मिनेटपछि सही दिशामा गइरहेको ट्राफिक समात्छन् ।

यस रोमाञ्चक यात्राका क्रममा पिमेन्ताले कुनै कुनै समय १५० किलोमिटर प्रतिघन्टाको गतिमा दौडिन्छन् र उल्टो बाटो लगभग दुई किलोमिटर गुड्छन् । 

आफूहरूमाथि हुन लागेको डकैतीका बारेमा प्रहरीलाई खबर गर्न खोजेको भए पनि उनले अन्लाइनमा लगइन गर्न सक्दैनन् । 

साओ पाउलो सचिवले उजुरी नआइकन घटनाको अनुसन्धान गर्न नसकिने बताएको ग्लोबोले लेखेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x