×

NMB BANK
NIC ASIA

कर्णाली सरकारको लगानी सम्मेलन - हात्ती आयो हात्ती आयो फुस्सा !

माघ २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कर्णाली प्रदेश सरकार गठन भएको फागुन ६ गते दुई वर्ष पुग्दैछ । यो अवधिमा सरकारले एक पूरक बजेट र दुई पूर्ण बजेट ल्याइसकेको छ ।

Muktinath Bank

यी दुवै बजेटमा प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले पहिलो प्राथमिकतामा लगानी सम्मेलन गर्ने योजना ल्यायो । आर्थिक वर्ष २०७५/०७६ र २०७६/०७७ मा लगानी सम्मेलनका लागि भन्दै बजेट पनि विनियोजन गरेको थियो तर सरकारको यो महत्वाकांक्षी आयोजना ओझेलमा परेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत साउनमा लोकान्तरसँग कुराकानी गर्दै आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले पुस महिनाभित्रै लगानी सम्मेलन सम्पन्न गर्ने बताएका थिए । तर पुस भन्दा पनि अहिले माघ सकिन थालेको छ तर लगानी सम्मेलन कहिले हुने, कहाँ हुने भन्ने योजना बाहिरिएको छैन ।


Advertisment
Nabil box
Kumari

‘आन्तरिक तथा बाह्य लगानी आकर्षित गर्न लगानीमैत्री, सन्तुलित, कार्यान्वयन योग्य र शीघ्र प्रतिफल प्राप्त हुने योजना तथा कार्यक्रमहरू समेटेर परियोजना बैंक निर्माण गरिने छ,' ज्वालाले बजेटमा उल्लेख गरेका थिए, 'पुस मसान्तभित्र कर्णाली लगानी सम्मेलन गर्न आवश्यक बजेटको व्यवस्था गरेको छु ।’

Vianet communication
Laxmi Bank

यो कुरा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७६/०७७ को बजेट वक्तव्यको बुँदा नम्बर २०५ मा उल्लेख छ ।

तर माघको अन्तिम साता बित्न लाग्दासमेत लगानी सम्मेलनको आयोजना भन्दा यसका बारेमा सरकारले छलफल समेत शुरू गर्न नसकेपछि बजेटमा व्यवस्था भएको उक्त लगानी सम्मेलन अन्योल बन्दै गएको छ ।

‘अहिले हामीसँग परियोजना बैंक छैन, परियोजना बैंक भएको खण्डमा हामी तत्काल लगानी सम्मेलनको आयोजना गर्नेछौं,'  मन्त्री ज्वालाले भनेका थिए, ‘परियोजना बैंक निर्माण योजना आयोगले गर्ने छ । त्यसैको आधारमा हामी बाह्य दातृ निकायसँग लगानी गर्नका लागि अनुरोध गर्नेछौं ।’

यस सम्मेलनबाट कर्णालीका महत्वपूर्ण आयोजना निर्माण हुने र समृद्ध कर्णाली सुखी नेपाली भन्ने मूल नारालाई कार्यान्वयन गर्न सजिलो हुने उनको भनाइ थियो । तर अहिलेसम्म न कर्णाली योजना आयोगले कुनै परियोजना बैंक निर्माण गर्न सकेको छ न त लगानी सम्मेलन गर्ने कुनै टुंगो छ ।

बजेट वक्तव्यको बुँदा नम्बर १९८ मा भनिएको छ, ‘प्रदेश मातहतका ठूला पूर्वाधार विकास तथा जलविद्युत् आयोजना, सहुलियतपूर्ण ऋृण परिचालन र वित्तीय व्यवस्थाको लागि स्थापित कर्णाली पूर्वाधार विकास लगानी कोषमा रू. ३ अर्ब व्यवस्था गरेको छु । कोषमा नेपाल सरकार, विकास साझेदार, स्वदेशी तथा विदेशी लगानीकर्ता लगायतका स्रोतबाट प्राप्त हुने रकम समेत रहनेछ । साथै आवश्यक वित्तीय व्यवस्थाको लागि रू. २ अर्ब विनियोजन गरेको छु ।'

बाह्य लगानी भित्र्याउन सरकारले लगानी सम्मेलन गर्ने बताएपछि हर्षित भएका कर्णालीका नागरिक र निजी लगानीकर्ताहरू भने सरकारले माघ महिनामा पनि लगानी सम्मेलन गर्न नसकेपछि निरास छन् ।

कर्णाली प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष पदम शाहीले भने, ‘बिरालोको काम मुसो मार्ने हुन्छ । चाहे सेतो मारोस् या कालो । हामी पनि सरकारबाट यही चाहन्छौँ । काम चाँही हुनुपर्छ ।’

लगानी सम्मेलनका लागि कार्यान्वयन पक्ष फितलो भएको गुनासो गर्दै उनले स्थानीय निजी क्षेत्रको समेत सहभागिता रहनुपर्ने बताए । सरकारले हालसम्म लगानी सम्मेलनका लागि काम गरेको नदेखिएको उनको धारणा छ । उनले भने, ‘काम चाँही हुनुपर्छ, लगानी गर्ने वातावरण प्रदेश सरकारले बनाउने हो ।’

कर्णाली प्रदेश सरकारले नीति तथा कार्यक्रम लोकप्रियताका लागि ल्याएको प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीले बताए । ‘यो सरकारको प्रमुख काम भनेको सस्तो लोकप्रियता कमाउनु र जनतालाई बढी आश्वासन बाँड्नु नै हो,' सरकारको कामप्रति तिखो टिप्पणी गर्दै नेता शाहीले भने, ‘जनताका पेट सरकारको आशा र आश्वासनले भरिसकेको मैले पाएको छु । तपाईं हेर्दै जानुस सायद यो वर्षपनि लगानी सम्मेलनका लागि विनियोजन गरिएको बजेट फ्रिज भएर जाने छ ।’

उनले योजना आयोगले समृद्ध कर्णालीको योजना बनाउला भन्ने अपेक्षा भएपनि त्यो आएर अहिले गलत पो सोचिएछ की भन्ने महसुस भएको प्रतिक्रिया दिए ।

‘पहिले–पहिले योजना आयोग कर्णालीका विकासका लागि क्रियाशील रहन्छ भन्ने लागेको थियो,' उनले भने, 'तर हालको अवस्था देख्दा आयोग पनि निष्कृय जस्तो लाग्छ ।’

नीति तथा कार्यक्रममा तोकिएको बजेट पनि प्रदेश सरकारले खर्च गर्न नसकेको उनले बताए । ‘कर्मचारी भएनन् भन्ने बाहाना अब चल्दैन । झनैं डर लाग्दो अवस्था आइसक्यो । सरकारले देखाउने काम गर्न सकेकै छैन । कमसेकम भएको बजेट समयमा नियमानुसार खर्च गर्न त सक्नु पर्‍र्यो नि ?’ उनले प्रश्न गरे ।

यता प्रदेश योजना आयोगका उपाध्यक्ष डा. पुण्यप्रसाद रेग्मी मन्त्रालयले योजना अघि नसारेका कारण लगानी सम्मेलन तोकिएको समयमा हुन् नसकेको बताउँछन् । उनी भन्छन्, ‘विषयगत रूपमा मन्त्रालयले आवश्यकताका आधारमा (वृस्तृत परियोजना प्रतिवेदन) डिपिआर बनाएर योजना आयोगलाई दिनुपर्ने हो । तर मन्त्रालयबाट विषयगत योजनाहरू आएका छैनन् ।’

कहिले हुन्छ लगानी सम्मेलन ? भन्ने लोकान्तरको जिज्ञासामा उनले एक महिनाभित्र मन्त्रालयहरूले योजना आयोगमा पठाउनु पर्ने बारे छलफल भइरहेको जवाफ उनबाट आयो ।

‘अबको एक महिनामा योजनाहरू आउँदैछन् । आन्तरिक स्रोत कति छ ? लगानी कति आवश्यक पर्ने लगायत विषय समेटिएका योजनाहरू एक महिनामा आउने बारेमा सबै निकायसँग छलफल भएको छ,' उनले भने, ‘सबै योजना आएपछि मात्रै लगानी सम्मेलनको आयोजना गर्ने बारेमा कुरा अघि बढ्छ ।’

कर्णालीको समृद्धिका रूपमा जलविद्युत् क्षेत्रमा लगानी महत्वपूर्ण रहेको बताउँदै उनले लगानी सम्मेलनमा जलविद्युत् प्राथमिकतामा रहने बताए । वैशाखसम्ममा लगानी सम्मेलन आयोजना गर्न सकिने उनको भनाइ थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x