आध्यात्मिक ज्ञानबाट सुशासन कायम गर्न सहयोग पुग्छ : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आत्यात्मिक चेतनाको विकाससँगै समाज तनाव र भ्रष्टाचारबाटमुक्त हुने बताएका छन्।

ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय पोखराद्वारा पोखरा– ११ फूलबारीस्थित शिवशक्तिमार्गमा निर्माण गरिने पोखरा पिस रिट्रिट सेन्टर अन्तर्गत दिब्य शान्ति अनुभूति केन्द्र भवनको आइतबार शिलान्याश समारोहमा उनले मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न आध्यात्मिक ज्ञानले महत्वपूर्ण भूमिका खेल्ने बताए।
    
आध्यात्मिक शिक्षाबाट समाज परिवर्तन हुनुका साथै शान्त, समृद्ध र सभ्य समाज निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै उनले यस्ता गतिविधिमा प्रदेश सरकारकोतर्पmबाट पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
    
प्रदेश आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले आध्यात्मिक ज्ञानको माध्यमबाट मुलुकमा शान्तिसहित समृद्धि र विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
 


Advertisement


Advertisement

कमेन्ट गर्नुहोस्