×

NMB BANK
NIC ASIA

वैदेशिक रोजगारीलाई चटक्कै छोडेर पशुपालनमा सुनिल, भन्छन्–पेशाप्रति आकर्षण बढाउन सहयोग गर्छु

माघ २८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा एक युवाले रु एक करोड बढी लगानीमा पशुपालन शुरू गरेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

छिमेकी जिल्ला बागलुङका सुनिल श्रेष्ठले वैदेशिक रोजगारीलाई बिट मार्दै रत्नेचौरमा जग्गा भाडामा लिएर पशुपालन फार्म सञ्चालनमा ल्याएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

व्यवस्थितरूपमा निर्माण गरिएको गोठमा मुर्राजातका १६ दुहुना भैँसी र जर्सी जातका सात गाई  रहेका छन् । रोजगारीको सिलसिलामा दुई वर्ष जापानमा बिताएका श्रेष्ठले भिसाको म्याद छँदै स्वदेश फर्किएर पशुपालनमा लागेको बताए । धवलागिरि पशु तथा कृषि फार्म दर्ता गरेर पशुपालन शुरू गरेका उनले अहिले रु एक करोड २५ लाख लगानी गरेर भौतिक पूर्वाधार निर्माण गरेका छन् । आगामी दिनमा लगानी बढाएर रु चार करोडसम्म पुर्‍याउने र धवलागिरिमै नमूना कृषि फार्म बनाएर देखाउने उनले योजना सुनाए । 


Advertisment
Nabil box
Kumari

“विदेशमा गर्ने श्रम र दुःख स्वदेशमै गर्नसके राम्रो आम्दानी गर्न सकिन्छ भन्ने अठोट बोकेर फर्किएको थिएँ, कृषिमा राम्रो सम्भावना मैले जापान पुगेर देखेँ, गाईफार्ममा काम गरेर धेरै सीप र अनुभव सिकेर स्वदेश फर्किएको हुँ”, उनले भने ।
 
कृषिमा लगानी गर्न सकेमा राम्रो पैसा कमाउन सकिन्छ भन्ने सोचले पशुपालन शुरू गरेको उनले बताए । जापानमा गाईफार्ममा काम गरेको अनुभव सङ्गालेका श्रेष्ठले त्यहाँ सिकेको सीप र अनुभवलाई नेपालमै उपयोग गर्ने बाटोमा अघि बढेको जानकारी दिए। वार्षिक रु तीन लाख बुझाउने गरी १२ वर्षका लागि ३५ रोपनी जग्गा भाडामा लिएर फार्मको संरचना निर्माण गर्दै गरेको उनको भनाइ छ । गत पुस १७ गतेबाट फार्म सञ्चालनमा ल्याएका श्रेष्ठले यहाँ रु चार करोडसम्म लगानी गर्ने योजना बनाएको जानकारी दिए।

Vianet communication
Laxmi Bank

दुई सय उन्नतजातका भैँसी पाल्ने र धवलागिरिका तीन जिल्लाका सदरमुकामसम्म दूध पुर्‍याउने उनको योजना छ । भैँसी रु एक लाख ३० हजार र गाई रु ७० हजारका दरले खरीद गरेको उनले बताए । फार्ममा अहिले दैनिक ११० लिटर दूध उत्पादन हुन्छ । उत्पादित दूध बागलुङबजारमा खपत हुने गरेको उनले बताए । 

भैँसी र गाईको हेरचाह र दानापानी खुवाउन तीन जना कामदार राखेका छन् । फार्मको क्षमतावृद्धिसँगै कामदार थप्दै जाने उनको योजना छ  । 'बृहत् खालको कृषि फार्म सञ्चालन गर्ने र युवालाई कृषि पेशाप्रति आकर्षण बढाउने मेरो चाहना छ', उनले भने । 

स्थानीयवासीको पनि साथ र सहयोग मिलेकाले आफूलाई उत्साह मिलेको उनको भनाइ छ । खाली रहेको जग्गालाई उपलब्ध गराउन वडा कार्यालयलगायत स्थानीयवासीको सहयोग मिलेको उनले बताए । बागलुङबजारमा व्यापार/व्यवसाय गरेका एक युवा रत्नेचौरमा आएर नमूना कृषिफार्म सञ्चालन गर्नु उदाहरणीय कार्य भएको वडाध्यक्ष टेकबहादुर रावलले बताए । वडाकै सहजीकरणमा खाली रहेको जग्गालाई भाडामा उपलब्ध गराउने काम गरेको उनले बताए । कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर वडा कार्यालयले कार्यक्रम बनाएको उहाँको भनाइ छ । रत्नेचौरमा कृषिको राम्रो सम्भावना रहेको उनले बताए । कमल खत्री,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x