वैज्ञानिकहरूले बनाए पानीको थोपाबाट बत्ती बल्ने जेनेरेटर

युनिभर्सिटी अफ हङकङ (सीटीयू)का वैज्ञानिकहरूले पानीको थोपाबाट बत्ती बल्ने जेनेरेटर बनाएका छन् । वैज्ञानिकहरूका अनुसार एक थोपा पानीबाट सय वटासम्म एलईडी बत्ती बल्छ ।

उच्च क्षमता भएको यस जेनेरेटर विद्युत उर्जा उत्पादनको क्षेत्रमा एक ठूलो सफलता हुन सक्ने सञ्चारमाध्यमहरूले जनाएका छन् ।


Advertisement

जर्नल नेचरको नयाँ अंकममा प्रकाशित यस शोधको नेतृत्व सीटीयूका मेकानिकल इञ्जिनीयर विभागले गरेको थियो ।

हङकङ विश्वविद्यालयका इञ्जिनीयर एवं प्रोफेसर जुआनकाई वाङले भने, 'यो कुरा सुन्दा आश्चर्यजनक लाग्न सक्छ । तर यो साँचो हो । यस संयन्त्रमार्फत १५ सेन्टमिटरको उचाईमा पानीको थोपाबाट १४० भोल्टको उर्जा उत्पादन गर्न सम्भव छ ।'


Advertisement

हङकङका वैज्ञानिकहरूले लामो समयदेखि यस प्रोजेक्टमा काम गर्दै आएका थिए ।

उनले थपे, 'यो संयन्त्रमा दुई वटा इलेक्ट्रोड हुनेछन् । जसमा एल्युमिनियम र पोलिटेट्राफ्लूरोएथिलीन (पीटीएफई) कोटेड इंडियम टिन अक्साइड  हुन्छन् । पोलिटेट्राफ्लूरोएथिलीन इलेक्ट्रोडको उपयोग स्थायी हुन्छ । पानीको थोपा यसमा खसेपछि विद्युत उत्पन्न हुनेछ ।'

यो जेनेरेटरलाई वर्षात्‌को पानीमा समेत प्रयोग गर्न सकिने वैज्ञानिकहरूले बताएका छन् ।

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्