कात्तिक २२, २०८०
नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...
आईसीसी विश्वकप क्रिकेट लीग दुई अन्तर्गत मंगलवारको खेलमा ओमानले अमेरिका सामु जितका लागि २७७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिकाले टस जितेर फिल्डङ रोजेपछि ओमानले शुरूआतमा ब्याटिङ गरेको हो ।
ओमानले निर्धारित ५० ओभरमा छ विकेट गुमाएर २७६ रन बनायो । ओमानका अकिब इलियासले लगातार दोस्रो शतक प्रहार गरे । नेपालसितको खेलमा सोमवार अविजित १०९ रन बनाएका उनले अमेरिकासितको आजको खेलमा पनि १०५ रन बनाए । अकिबससँगै ब्याटिङमा आएका कप्तान जेशन मक्सुदले पनि शतक प्रहार गरे । अकिबले १२३ बल खेल्दै एक छक्का र ११ चौका प्रहार गरे । यस्तै मक्सुदले १०९ रन बनाए । उनले १०९ बल खेलेर चार छक्का र १० चौका हाने । दुवै जनाले २१६ रनको साझेदारी निभाए ।
अकिब र मक्सुदको उत्कृष्ट ब्याटिङका कारण ओमानले सम्मानजनक स्कोर खडा गर्न सकेको हो । अन्य खेलमा जस्तै ओमानले सस्तैमा प्रारम्भिक ब्ययाटस्म्यान गुमाएको थियो । जतिन्दर सिंह नौ तथा खवर अलीले १० रन मात्र बनाए । ओमानले ३१ रनको स्कोर छँदा दुई विकेट गुमाएको थियो । तेस्रो र चौथो नम्बरमा ब्याटिङ गर्न आएका अकिब र मक्सुदले नै ओमानको पारी सम्हालेका थिए । यस्तै सन्दिप गौडले अविजित १३ रन बनाए ।
बलिङतर्फ अमेरिकाका कप्तान सौरभ नेत्रवाल्कर र रुस्टी थेरनले तीन-तीन विकेट लिए । अन्य बलरले भने विकेट लिन सकेनन् । अमेरिका अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।
अमेरिका ओमानसित दोस्रो पटक खेल्न लागेको हो । अमेरिका ओमानसित माघ २३ गते पहिलो खेलमा छ विकेटले पराजित भएको थियो । अमेरिकाको पूरै ध्यान ओमानलाई उछिनेर शीर्ष स्थानमा उक्लिने रहनेछ । ओमान हालसम्म नौ खेलमा सातमा जीत तथा दुईमा हारका साथ १४ अंकसहित शीर्ष स्थानमा छ । अमेरिका हालसम्म खेलेको १० खेलमध्ये छ मा जीत र चारमा हारका साथ १२ अंक बटुलेर दोस्रो स्थानमा छ ।
नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...
फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...
यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो । सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...
कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...
अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...
राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...