×

NMB BANK
NIC ASIA

मुना हत्या प्रकरण : पूर्व सचिव अर्जुन कार्की चिच्याएर रोएपछि सांसद कोमल वलीले जे देखिन् ...

माघ २८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

पूर्व सचिव अर्जुन कार्कीकी पत्नी मुनाको हत्या घटनाको पहिलो जानकारी सांसद कोमल वलीले प्रहरीलाई दिएकी थिइन् ।

Muktinath Bank

कार्कीकी छिमेकी वलीको घर घटनास्थल नजिकै छ । नजिकै रहेको घरमा कार्की रोएर चिच्चाइरहेको देखेपछि घटनाबारे थाहा पाएर प्रहरीलाई जानकारी गराएको सांसद वलीले बताइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सांसद वलीले हत्या घटनाबारे कसरी थाहा पाइन् ? घटनास्थलको दृश्य कस्तो देखियो ? सांसद वलीसँग गरिएको कुराकानीको शारांश उनकै शब्दमा –


Advertisment
Nabil box
Kumari

सोमवार बिहान जाडो भएकाले म आफ्नो घरको छतमा भाउजुसँगै खाना खाँदै थिएँ । मेरो घरबाट उहाँ (अर्जुन कार्की) को घर नजिकै पर्छ । छतको बरन्डाबाट त प्रत्यक्षरुपमा कुराकानी गर्न मिल्ने खालको छ ।

Vianet communication
Laxmi Bank

अर्जुन सरले बोलाएको भाउजुले सुन्नुभएछ । त्यसपछि भाउजुले हेर्नुस् त मैया अर्जुन कार्कीको घरबाट बोलाएको जस्तो छ, खै के–के भन्दै हुनुहुन्छ, रुँदै पनि हुनुहुन्छ, चिच्चाउँदै हुनुहुन्छ भन्नुभयो ।

त्यसपछि हामीले बाहिर छतमा आएर उहाँको घरतर्फ हेर्‍यौं । त्यसबखतमा उहाँ छाती पिटीपिटी रुँदै हुनुहुन्थ्यो । हामीले माथिबाटै ‘के भयो अर्जुन सर’ भनेर सोध्यौं ।

उहाँ ‘म त बर्बाद भए, म लुटिए, मेरो मुना, मेरो बाबालाई मारिदियो’ भनेर चिच्चाइरहनुभएको थियो ।

‘कसले मारिदियो सर ?’ हामीले फेरि सोध्यौं । ‘काम गर्ने केटा’ भन्दै चिच्चाउँदै रुँदै हुनुहुन्थ्यो ।

मेरो दाइ र म दौडिएर उहाँको घरतर्फ लाग्यौं । घरको छत नजिकै–नजिकै भएपनि सडक भने घुमेर जानुपर्ने भएकाले ३–४ मिनेट जति लाग्यो ।

जाँदाजाँदै अन्य छिमेकीलाई पनि अर्जुन सरको घरमा भएको घटनाका बारेमा जानकारी दियौं । अन्य छिमेकीहरू पनि आउनुभयो ।

घर बाहिरै उहाँ (अर्जुन कार्की) एक्लै रोइरहनुभएको थियो । अनि हामी भित्र गयौं । लबिबाट माथि जाने भर्‍याङमा केटा (विजय चौधरी) भूइँमा लडिराखेको थियो । डोरी चुँडिएको थियो । उहाँ (अर्जुन कार्की) को ‘मिसेस’ (मुना अधिकारी कार्की) भान्साको ढोकातर्फ टाउको पारेर रक्ताम्य भूइँमा लडिराख्नुभएको थियो ।

त्यसबेलासम्म मेरो दाइले सानेपाको प्रहरीलाई खबर गर्नुभयो । मैले महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई खबर गरें । मैले खबर गर्दा साढे ११ बजेको समयको कुरा हुनुपर्छ ।

केही समय अगाडि अर्जुन सरले ज्ञानेन्द्रबहादुर कार्कीसँग कुरा गर्नुभएको रैछ । त्यसैदिन ज्ञानेन्द्र सरकोे लेख पत्रिकामा आएको रैछ, त्यस विषयमा कुरा भएको मैले पछि थाहा पाएँ ।

त्यसपछि केही समयमा प्रहरी आइहाल्नुभयो । त्यसपछि मुनालाई प्रहरीले अस्पताल लैजानुभयो । अस्पताल गएपछि मुनाको निधन भएको खबर आयो ।

‘आक्रामक थिए विजय चौधरी’

कार्कीको घरमा काम गर्ने विजय चौधरी आक्रामक स्वभावको भएको वलीले लोकान्तरसँग भनिन् । ‘घरमा नानीबावुले त्यो केटा कति कराउँथ्यो । कुकुरहरू लगायत अन्यलाई अनायासैमा गाली गर्ने गरेको बेलाबेलामा भनिरहन्थे,’ वलीले भनिन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x