×

NMB BANK
NIC ASIA

हिमालयन शेर्पा र जावलाखेलले ३-३ को बराबरी खेले

माघ २९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा हिमालयन शेर्पा र जावलाखेल युथ क्लब बीचको खेल बराबरीमा समाप्त भएको छ ।

Muktinath Bank

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा बुधवार सम्पन्न खेलमा दुवै टोलीले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलको पहिलो हाफ सकिँदा १० खेलाडीमा सीमित जावलाखेलविरुद्ध शेर्पाले ३–१ को अग्रता बनाएको थियो तर खेलको दोस्रो हाफमा जावलाखेलले दुई गोल थप्दै खेललाई तीन–तीन गोलको बराबरीको स्थितिमा पुर्‍यायो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खेलको पाँचौं मिनेटमा स्टेफेन समिरले गोल गर्दै शेर्पालाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको २६औं मिनेटमा विजय श्रेष्ठले गोल गर्दै शेर्पालाई दोस्रो अग्रता दिलाए । खेलको ३५औं मिनेटमा जावलाखेलका गोलरक्षक अरुण ब्लोनले रातो कार्ड पाएपछि जावलाखेल १० खेलाडीमा समेटिएको हो । काउन्टरमा आएको बललाई डिबक्सबाहिर समातेपछि रेफ्री प्रकाशनाथ श्रेष्ठले अरुणलाई सिधै रातो कार्ड दिएका थिए ।


Advertisment
Nabil box
Kumari

त्यस्तै खेलको पहिलो हाफको अत्तिरिक्त समयमा जावलाखेलका खेलाडी कुबेर बिष्टले गोल गर्दै खेल २–१ मा ल्याए । त्यसको केही समयपछि स्टेफेनले व्यक्तिगत दोस्रो गोल गर्दै शेर्पालाई ३–१ को अग्रता दिलाए । खेलको ६०औं मिनेटमा जावलाखेलका फोडे फोफानाले एक गोल गरे भने अर्का खेलाडी रूपबहादुर लामाले एक गोल थपेपछि खेल तीन–तीन गोलको बराबरीमा टुङ्गियो । 

Vianet communication
Laxmi Bank

बराबरीसँगै जावलाखेलले १२ खेलमा १९ अंक जोडेको छ । जावलाखेल लिगको पाँचौँ स्थानमा रहेको छ । त्यस्तै समान खेल खेलेको हिमालयन शेर्पाले ११ अंक जोडेको छ । शेर्पा ११औं स्थानमा रहेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x