×

NMB BANK
NIC ASIA

जनयुद्धका प्लाटुन कमान्डरको जोगी भेष !

फागुन १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

जनयुद्धमा होमिएका तत्कालीन माओवादीका लडाकूहरूमध्ये केही 'साधु बाबा' बनेका खबरहरू सार्वजनिक भइरहेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

देशैभर २५औं जनयुद्ध दिवस मनाइरहँदा कुनैबेला आध्यात्मिक अस्तित्वलाई अस्वीकार गरेका केही लडाकुहरू धमाधम बाबाका रूपमा बाहिर आउनु निश्चय पनि संयोग मात्र होइन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यस्तै एकजना तत्कालीन प्लाटुन कमान्डर रामपरीक्षण साफी अहिले कमरेड पहाडबाबाका रूपमा जीवन बिताइरहेका छन् । सेना समायोजनबाट चेक लिएर घर फर्केका लडाकु साफी अहिले बाबा बनेका हुन् । 


Advertisment
Nabil box
Kumari

उनी पहिलोपटक २०७४ सालको चैतमा बाबाका रूपमा सार्वजनिक भएका थिए । त्यतिबेला लोकान्तरले उनको बारेमा पहिलोपटक समाचार प्रकाशित गरेको थियो ।

Vianet communication
Laxmi Bank

त्यतिबेला उनले आफूलाई रामानन्द ब्रम्हचारी साधुबाबा भनेर चिनाएका थिए । गत शनिवार एक राष्ट्रिय दैनिकले उनलाई पहाडबाबा भन्दै लामो स्टोरी प्रकाशित गरेको थियो । 

तत्कालीन नयाँ शक्तिकी नेतृ तथा पूर्वमन्त्री हिसिला यमीले उनीसँग फोटो खिचेर सामाजिक सञ्जालमा राखेकी थिइन् ।

त्यतिबेला लोकान्तरलाई छोटो प्रतिक्रिया दिँदै नेतृ यमीले परिवर्तनका लागि लडेका योद्धाको यो हाल हुनु लज्जाको विषय भएको बताएकी थिइन् । 

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा तत्कालीन जनयुद्धका पुष्पकमल दाहाल 'प्रचण्ड'ले केही दिनअघि जनयुद्ध लडेका एकाध व्यक्तिहरू साधु बन्दैमा नकारात्मक लिन नहुने टिप्पणी गरेका थिए । 

केही दिनअघि कान्तिपुर कन्क्लेभमा बोल्दै प्रचण्डले जनयुद्ध लडेका व्यक्तिहरू उपराष्ट्रपति पनि भएको यथार्थ नबिर्सन आग्रह गरे । 

जनयुद्धमा होमिएका कतिपय लडाकुहरूको जीवन अहिले पनि कष्टकर छ । कतिपयले गोली र बमको छर्रा शरीरमा लिएर हिँडिरहेका छन् । कतिपयले उपचारका लागि रकम अभाव भएको गुनासो गरिरहेका छन् । 

जनयुद्धबाट राजनीतिक उचाई प्राप्त गरेका नेकपा लगायत अन्य पार्टीमा छरिएर रहेका तत्कालीन माओवादी नेताहरूको जीवनशैली धनाड्य बनिसकेको छ ।

पढ्नुहोस्, यो पनि :

'जनयुद्ध'का प्लाटून कमान्डर बने साधुबाबा, हिसिलाले भेटेपछि चर्चामा
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x