प्रदेश ५ ले विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने

प्रकाश आचार्य
प्रकाश आचार्य

आचार्य लोकान्तरका प्रदेश ५ प्रतिनिधि हुन् ।

प्रदेश पाँच सरकारले स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । 

गत वर्षजस्तै यसवर्ष पनि तीन दिनसम्म विभिन्न रचनात्मक कार्यक्रम गरी दिवस मनाउन लागिएको हो । बुटवल उपमहानगरपालिकाको पनि ६१औं स्थापना दिवस र प्रदेशको स्थापना दिवस संयुक्तरूपमा मनाउने तयारी छ ।


Advertisement

आन्तरिक मामिला तथा कानून मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरी दिवस मनाउनेबारे जानकारी दिएको हो । 

शुक्रबार सामाजिक विकास मन्त्रालयको संयोजनमा ‘समृद्ध प्रदेश, खुशी जनता’ शीर्षकमा कविता, वक्तृत्वकला वा गजल वाचन प्रतियोगिता नवीन औद्योगिक कदरबहादुर रीता माविमा हुँदैछ । 


Advertisement

त्यस्तै रक्तदान कार्यक्रम पनि हुनेछ । त्यस्तै बुटवलका विभिन्न क्षेत्रमा सरसफाइ कार्यक्रम पनि हुनेछ । 

३ गते मूल समारोह बुटवल राजमार्ग चौराहाबाट विभिन्न भेषभुषा सहितको र्‍याली सहित बुटवल बहुमुखी क्याम्पसमा पुगेर सभामा परिणत हुने आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव शंकर खरेलले जानकारी दिए । 

चार गते लुम्बिनी विकास कोषसँगको समन्वयमा लुम्बिनी क्षेत्रभित्र हिउँदे फलफूलका विरुवा वृक्षरोपण गरिने छ । 

त्यस्तै प्रदेश सरकारले यस वर्ष फरक रूपमा दाङको बेलझुण्डीमा प्रदेश एक्स्पो पनि सञ्चालन गर्दैछ ।

फागुन १० देखि १२ गतेसम्म ३ दिन प्रदर्शन हुने एक्स्पोमा प्रदेशका विभिन्न उत्पादन प्रदर्शनमा राखिने मन्त्रालयका प्रवक्ता हरिहर पोखरेलले जानकारी दिए । 

एक्स्पोका लागि प्रदेश सरकारले ५० लाख रुपैयाँ विनियोजन गरेको छ । 

प्रकाश आचार्य
प्रकाश आचार्य

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्