कसैको नक्कल गरेर क्रान्ति गरेका होइनौंः प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सही विचार र नेतृत्वकै कारण जनयुद्धलाई शान्तिमा रुपान्तरण गरेको बताएका छन्। 

जनआन्दोलन तथा जनयुद्धका शहीदहरुको स्मृतिमा नेकपा चितवनद्वारा बिहीबार भरतपुरमा आयोजित श्रद्धाञ्जलिसभालाई सम्बोधन गर्दै  प्रचण्डले धैरै वर्षसम्मको वैचारिक बहस र कसरतपछि शान्ति प्रक्रिया र पार्टी एकीकरणका काम भएको बताए।


Advertisement

‘तत्कालीन नेकपा एमाले र माओवादीबीचको शृङ्खलाबद्ध वार्ताले देशलाई संघीय गणतन्त्रमा लैजाने अठोट गरेको हो,’ उनले भने, ‘त्यसले देशलाई युगीन परिवर्तन ग-यो ।’

उनले कसैको नक्कल गरेर क्रान्ति नगरको भन्दै नेपालको क्रान्तिमा आफ्नैपन रहेको बताए। ‘'नेपालमा जस्तै मौलिक परिवर्तन दुनियाँमा कतै भएको छैन्,’ उनले भने, ‘यो सही विचारका कारण हुनसक्यो।’ 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्