के गिरिजाप्रसादले प्रचण्डलाई ‘फौजी आक्रमण अलि बढाइदिनुपर्‍यो’ भनेका थिए ? कांग्रेसले गर्‍यो खण्डन

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड ले ५५ औँ जनयुद्ध दिवसका अवसरमा व्यक्त गरेको धारणा विवादमा तानिएको छ। 

प्रचण्डले  १२ बुँदे समझदारीपूर्व तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आफूलाई ‘फौजी आक्रमण अलि बढाइदिनुपर्‍यो र सदरमुकाम हान्‍नुपर्‍यो’ भनेर भन्ने गरेको बताएका थिए।


Advertisement

तर नेपाली कांग्रेसले ४ बुँदे प्रेस वक्तव्य नै जारी गरेर प्रचण्डको अभिव्यक्तिको खण्डन गरेको हो।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘माओवादीको नेतृत्वमा भएको हिंसात्मक विद्रोहको शान्तिपुर्ण अवतरण गराउन निर्णायक पहल गर्नुहुने शान्तिका नायक स्व. गिरिजाप्रसाद कोइरालाको जिम्मेवार र परिपक्व भुमिकालाई अर्थहीन ढंगले विवादित बनाउने प्रयत्न अराजनीतिक त छ नै आपत्तिजनक समेत छ ।’


Advertisement

‘फौजी आक्रमण अलि बढाइदिनुपर्‍यो र सदरमुकाम हान्‍नुपर्‍यो’ भनेर  कोइरालाले दाहाललाई यदि साँचै भनेको भए त्यो संवादको कुरा कोइराला जिवित छँदा नै दाहालले किन सार्वजनिक  गरेनन्’ भनेर कांग्रेसले प्रश्न गरेको छ। 

यस्ताे छ काँग्रेसकाे प्रेस वक्तव्य

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्