×

NMB BANK
NIC ASIA

आज भ्यालेन्टाइन दिवस, रातो गुलाब प्रेममा रूपान्तरण...

फागुन २, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

विश्वभर फेब्रुअरी १४ तारिखका दिन भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाइँदैछ । नेपालमा पनि केही वर्षयता प्रेम दिवसलाई युवा युवतीले विशेष चाडकै रूपमा मनाउन थालेका छन् । यो दिवसले सहरी समाजमा त नयाँ संस्कृतिकै रूप लिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

यो दिन प्रेमिप्रेमिकाले एक अर्कालाई उपहार दिएर माया दर्साउने र प्रेम प्रस्ताव राख्ने गर्छन् । “विल यु बी माई भ्यालेन्टाइन’ आज अर्थात् १४ फेब्रुअरी सबै आफ्नो प्रेमी प्रेमिकालाई यही बाक्यबाट सम्बोधन गर्दछन् । प्रेमको प्रतीक मानिने रातो गुलाब दिएर यो वाक्य भनिरहेका हुन्छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन परेको व्यक्तिलाई ‘ह्याप्पी भ्यालेन्टाइन डे’ ‘आई लभ यू’ भन्न यही गुलाव चाहिन्छ । जुनभावना व्यक्त गर्न वर्षौंसम्म सकिँदैन तर गुलावको फूल त्यो भावनालाई प्रतिविम्बित गर्न काफी मानिन्छ । युवापुस्ताले १४ फेब्रुअरीको दिन भ्यालेन्टाइन डे लाई प्रेमसम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिएका छन् । भ्यालेन्टाइन डेको रौनक बढेपछि नजिकै भए भेटेर रातो गुलाव तथा मनपर्ने उपहार दिएर प्रेमलाई थप गाढा बनाउने प्रयास गरिन्छ भने टाढा भए नयाँ प्रविधिको सहारा लिएर भ्यालेन्टाइन डे मनाउने चलन छ ।


Advertisment
Nabil box
Kumari

प्रेम व्यक्त गर्ने सामान किन्न यतिबेला साना ठूला गिफ्ट पसलमा प्रेमीहरू भरिभराउ देखिन्छन् । राजधानीको खिचापोखरीस्थित हलमार्कका बिक्रेता रुपेश कार्की वर्ष दिनमा सबैभन्दा बढी व्यापार यसै बेला हुने बताउनुहुन्छ । यस्ता पलसमा रातो गुलाब तथा ‘आई लभ यु’ लेखिएको विभिन्न उपहार पोस्टकार्ड, पुतली, प्रेम अङ्कित कप, खेलौना, गिफ्ट बास्केट, पफ्र्युम, चकलेट जस्ता सामान बढी बिक्री हुने पाइएको छ ।

Vianet communication
Laxmi Bank

दरबारमार्गस्थित आर्चिज ग्यालरीमा सामान खरिद गरिरहनुभएका हरिश न्यौपाने प्रेम गर्ने शैली बदलिएकाले प्रेमिकाका लागि उपहार किन्ने चलन बढेको बत(ाउनुहुन्छ ।

‘आफ्नो संस्कृतिलाई संरक्षण गर्नुपर्छ पश्चिमी संस्कृतिलाई किन महìव दिने’ इन्टेनसिभ कलेजमा स्नात्तक तेस्रो वर्षमा अध्ययनरत रिमा महर्जन भन्नुहुन्छ, ‘अर्काको संस्कृतिलाई अनुशरण गर्नु त्यति राम्रो होइन प्रेम अभिव्यक्त गर्न वा यसको बहानामा रमाइलो गर्न रेस्टुरेन्ट जाने संस्कृति मात्र शुरू भएको छ ।’

प्रणय दिवसका लागि यस वर्ष भारतबाट एक करोड ५० लाख रुपियाँको एक लाख ६० हजार ‘स्टिम’ गुलाब आयात गरिएको छ ।

माग बढेकाले गत वर्षको तुलनामा गुलाबको मूल्य बढेको कारण धेरै परिमाणमा फूल आयात गरिएको फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिनुभयो । उहाँले यस दिवसमा खपत हुने दुई लाख स्टिममध्ये एक लाख ६० हजार बाहिरबाट ल्याइने र ४० हजार स्टिम नेपालको उत्पादन हुने बताए। एसोसिएसनका अनुसार गुलाब फूलको अन्तर्राष्ट्रिय रूपमा नै मूल्य बढेकाले यस वर्ष मूल्य वृद्धि हुनेछ । गत वर्ष प्रतिगुलाफ ४० देखि ८० रुपियाँसम्म तिरेका उपभोक्ताले यस वर्ष बढीमा सय रुपियाँसम्म तिर्नुपर्नेछ ।

भ्यालेन्टाइन डेको सुरुवात इस्वी संवत् २६९ मा रोमनबाट शुरू भएको हो । सैनिकले नारीसँगको सम्बन्धका कारण कमजोर हुने आभास गरेपछि सम्राटले प्रेम र विवाहमा रोक लगाएका थिए । तर रोममा भ्यालेन्टाइन नाम गरेका पादरीले सम्राटको त्यो अभियानलाई सार्वजनिक रूपमै उल्लङ्घन गर्ने घोषणा गरे ।

आफ्नै अभियानविरुद्ध गतिविधि सह्य नभएपछि सम्राटले पादरीलाई पक्राउ गरी मृत्युदण्डको सजाय दिए । झुण्ड्नुभन्दा केही दिनअघि ‘लब फ्रम योर भ्यालेन्टाइन’ भनी हस्ताक्षरसहितको प्रेमपत्र पादरीले आफ्नी प्रेमिका दिएका थिए । भ्यालेन्टाइनलाई सन् २६९ को फेब्रुअरी १४ तारिखका दिन मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि भ्यालेन्टाइनको यही बलिदानको सम्मानमा सोही दिनलाई भ्यालेन्टाइन डेका रूपमा मनाउन थालिएको हो । गोरखापत्र दैनिकमा खबर छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x