आफैंलाई गोली हान्दा प्रहरी जवान गम्भीर घाइते

सन्दर्भ तस्वीर

जिल्ला प्रहरी कार्यालय (जिप्रका) सिन्धुलीमा कार्यरत एक प्रहरी जवानले आफैंलाई गोली हानेका छन् ।

महोत्तरी घर भई जिप्रकामा कार्यरत प्रहरी जवान चन्द्रकिशोर रायले शुक्रवार आफैंलाई पेटमा गोली हानी गम्भीर घाइते भएका प्रहरी उपरीक्षक रञ्जु सिग्देलले जानकारी दिइन् । उनले घाइते रायको सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं पठाइएको जानकारी दिइन् ।  


Advertisement

'रायको पेटमा गोली लागेको र यहाँ उपचार सम्भव नभएपछि एम्बुलेन्समार्फत थप उपचारको लागि काठमाडौं पठाएका छौं,' प्रहरी उपरीक्षक सिग्देलले भनिन् । गोली हान्नुको कारण खुल्न नसकेको र आवश्यक अनुसन्धान शुरू भएको प्रहरीले जनाएको छ ।   


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्