कात्तिक २७, २०८०
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
रामपुर नगरपालिका–४ स्थित कालिका आधारभूत विद्यालयमा ४४ अक्षयकोष स्थापना भएका छन् ।
विद्यालयको समग्र शैक्षिक उन्नयनका लागि ४४ शिक्षाप्रेमी तथा शुभेच्छुकले करीब आठ लाख बराबरको अक्षयकोष स्थापना गरिदिएका हुन् ।
रामपुर नगरपालिका भित्र एकै पटक धेरै सङ्ख्यामा अक्षयकोष स्थापना गर्ने सो विद्यालय पहिलो बनेको छ । विद्यालयको समग्र शैक्षिक गुणस्तर माथि उठाउन र विद्यालयलाई राम्रोसँग सञ्चालन गर्न अक्षयकोष स्थापना गरी सहयोग गरेको अक्षयकोष दाता तथा रामपुर नगरपालिका–४ का अध्यक्ष एकबहादुर नेपालीले जानकारी दिए । उनले स्व मातापिता तथा सासू ससुरा एवं सानीआमाको सम्झनामा ‘दल्लीमाया गङ्गाबहादुर चित्रा तेजबहादुर सुमित्रा लालुमाया सार्की’ स्मृति अक्षयकोष स्थापना गरी ५० हजार ५०१ एक रकम सहयोग गरेका छन् ।
विद्यार्थीको सिङ्गो जीवनसँग आर्थिक जोडिने भएको हुँदा विद्यालयमा स्थापना भएको अक्षयकोषले शैक्षिक गुणस्तर उपलब्धिमा सहयोग पुग्ने प्रधानाध्यापक सोमबहादुर सेनले बताए । 'आर्थिक समस्याकै कारण कतिपय विद्यार्थीलाई कापी, कलम, पोशाक जुटाउन पनि समस्या छ, उनीहरुका लागि विद्यालयको प्रशस्त आयस्रोत नहुँदा विभिन्न व्यक्तिसँग समन्वय गरेर सानो सानो सहयोग भइरहेको थियो, अब विद्यालयमा नै यति धेरै अक्षयकोष स्थापना भएपछि शिक्षणमा ठूलो राहत मिलेको छ,' उनले भने ।
विद्यालयमा शिक्षाप्रेमी, शुभेच्छुकबाट स्थापना गरिएको अक्षयकोष रकम गरिब, विपन्न, जेहेन्दार विद्यार्थीको पठनपाठनमा खर्च गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वसन्तराम ठाडाले जानकारी दिए ।
अक्षयकोषको ब्याज रकमबाट गरिब, जेहेन्दार तथा विपन्न विद्यार्थीको शिक्षामा विद्यालयले लगानी गर्ने भएपछि विद्यार्थी तथा अभिभावक पनि खुशी भएका छन् । विद्यालय व्यवस्थापन समिति, शिक्षक कर्मचारी, शिक्षक अभिभावक सङ्घले अक्षयकोष अभियान गाउँगाउँमा चलाएपछि स्वतःफूर्त रुपमा खुशी भएर शिक्षाप्रेमी, अभिभावक, शुभेच्छुकले अक्षयकोष स्थापना गरी विद्यालयलाई सहयोग गर्नुभएको शिक्षक रामबहादुर रानाले बताए ।
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...