×

NMB BANK
NIC ASIA

न्याय माग गर्दै सर्वसाधारण अदालतमा गुहार माग्छन् तर सुर्खेतको उच्च अदालतको आफ्नै बेहाल छ ।

Sagarmatha Cement
Muktinath Bank

उच्च अदालत सुर्खेतमा इजलाश बस्ने कोठा समेत पर्याप्त छैनन् । ६ दशक पुरानो भवनमा उच्च अदालतले २ वटा इजलाश मात्र बसाल्नुपर्ने बाध्यता हुँदा मुद्दा फर्छ्यौटमा समस्या देखिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अदालतमा ७ जना न्यायाधीशको दरबन्दी भएपनि ६ जना न्यायाधीश कार्यरत छन् । कम्तिमा दैनिक ३ वटा इजलाशबाट मुद्दा हेर्ने न्यायाधीश हुँदा पनि कोठा अभाव भएका कारण इजलाश बसाल्न समस्या भइरहेको उच्च अदालत सुर्खेतका सूचना अधिकारी वीरेन्द्रबहादुर मल्लले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

‘अदालतमा रिटको संख्या बढिरहेको छ । पुनरावेदन गर्न आउनेहरूको संख्यामा पनि बढोत्तरी भइरहेको छ,’ उनले भने, ‘न्यायाधीश भएर पनि कोठाको पालो पर्खनुपर्दा मुद्दाको छिनोफानो गर्न समय लाग्ने गरेको छ ।’ उच्च अदालतमा उत्प्रेषक, उत्प्रेषण, बन्दी प्रत्यक्षीकरण, परमादेश र निषेधाज्ञा जारी गरिपाउँ भन्ने खालका रिट पर्ने गरेका छन् । बैंकिङ कसूर र वाणिज्य सम्बन्धी मुद्दा पनि अदालतमा पर्छन् ।

Vianet communication
Laxmi Bank

उच्च अदालत सुर्खेतका नाममा जिल्ला अदालत सुर्खेत र जिल्ला प्रहरी कार्यालयको बीचमा २ विगाहा ४ कट्टा पौने ७ धुर जग्गा छ । ‘जग्गा भएर मात्रै के गर्नु ? त्यहाँ भवन बनाउनको लागि पैसा नै छैन,’ सूचना अधिकारी मल्ल भन्छन्, ‘६ दशक पुरानो भवनमा विभिन्न कार्यालय बसेका थिए । अहिले उच्च अदालत छ । यो जग्गा नगर विकास समितिको हो ।’

थोरै वर्षा हुँदा पनि उच्च अदालतको भवन चुहिने गरेको उनले गुनासो गरे । ‘थोरै वर्षा भएपनि पानी चुहिन्छ । कागजात बचाउन गाह्रो भएको छ,’ उनले भने । 

उच्च अदालतमा आएका ५१ उजुरीमध्ये २७ वटा मुद्दा फर्छ्यौट भइसकेका छन् । अदालतमा बैंकिङ कसूर सम्बन्धी ८ वटा मुद्दा दर्ता भएका छन् । अदालतको अवहेलना सम्बन्धी १ मुद्दा, राहत क्षतिपूर्ति सम्बन्धी १ मुद्दा र १ मुद्दामा मध्यस्थता गरी फर्छ्यौट भएको छ । ४० वटा विभिन्न रिट दायर भएकोमा २४ वटाको टुंगो लागिसकेको सूचना अधिकारी मल्लले बताए ।

पुनरावेदन सहितका आर्थिक वर्ष २०७४/०७५ मा ४४२ वटा मुद्दा परेकोमा ३७८ वटा मुद्दा फर्छ्यौट भएका थिए । आर्थिक वर्ष २०७५/०७६ मा ५७७ मुद्दा दर्ता भएकोमा ४८९ मुद्दा फर्छ्यौट भए । चालू आर्थिक वर्षको माघ मसान्तसम्म ४४६ मुद्दा दर्ता भएका छन् भने २२५ मुद्दा फर्छ्यौट भई २२१ मुद्दा किनारा लाग्न बाँकी रहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

मंसिर ८, २०८०

पश्चिम नवलपरासीका एमाले नेता थानप्रसाद गैरेले सरकारी विद्यालयको जग्गा बिक्री गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ । उनले सरकारी जग्गा अतिक्रमण गरी बिक्री गरेको भन्दै अख्तियारले छानबिन गरी कारबाही ...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x