फागुन २ गते दिउँसो २ बजे ओलीले संसदमा २ वर्षे कार्यकालको उपलब्धि सुनाउँदै

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार संसदमा विशेष सम्बोधन गर्ने भएका छन् ।

शुक्रवार दिउँसो २ बजे बस्ने प्रतिनिधिसभा बैठकमा बोल्नका लागि प्रधानमन्त्रीले सभामुखसँग समय लिएका छन् ।


Advertisement

शुक्रवारको बैठकको कार्यसूचीको शुरूमा प्रधानमन्त्री ओलीले सार्वजनिक महत्त्वको विषयमा मन्तव्य दिने उल्लेख छ । ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दिउँसो २ बजे प्रधानमन्त्रीले सरकारका २ वर्षको उपलब्धि सार्वजनिक गर्ने जानकारी दिए ।

‘प्रतिनिधि सभाको बैठक फागुन ४ गते राख्ने तयारी थियो, प्रधानमन्त्रीले सम्बोधन गर्न समय माग गरेका कारण २ गतेका लागि बैठक राखिएको हो,’ सचिवालय स्रोतले लोकान्तरसँग भन्यो ।


Advertisement

ओली प्रधानमन्त्री निर्वाचित भएको शनिवार २ वर्ष पूरा हुँदैछ । प्रधानमन्त्रीले सम्बोधन गर्ने दिन प्रतिपक्षी दलका नेता संसदमा उपस्थित हुने संसदीय परम्परा छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्