कांग्रेस सांसदको निधनका कारण रोकियो संसदमा प्रधानमन्त्रीको सम्बोधन

फाइल तस्वीर

राष्ट्रियसभाका सदस्य नेपाली कांग्रेसका सांसद दुर्गाप्रसाद उपाध्यायको निधनका कारण प्रतिनिधिसभामा हुने भनिएको प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन स्थगित हुने भएको छ ।

शुक्रवार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले सरकारका दुईवर्षे कामको उपलब्धीबारे जानकारी गराउन सम्बोधन गर्ने तयारी गरेका थिए । 


Advertisement

नेपाली कांग्रेसले उपाध्यायको निधनको संसद सचिवालयमा पुर्‍याएका कारण प्रधानमन्त्रीको सम्बोधन भोलिका लागि सरेको हो । ‘बहालवाला सांसदको निधनको सूचना आएपछि नियमित सूचीमा प्रवेश गर्न मिल्दैन, आज शोक प्रस्ताव पारित भएर बैठक स्थगित हुन्छ,’ सचिवालयका एक अधिकारीले लोकान्तरसँग भने । 

आजको सम्बोधन भोलि बस्ने बैठकमा हुने सचिवालयका एक अधिकारीले जानकारी दिए । प्रतिनिधिसभाको बैठक शनिवार बिहान ११ बजेका लागि राख्ने तयारी भएको छ । ओली नेतृत्वमा सरकार गठन भएको भोलि २ वर्ष पूरा हुँदैछ । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्