युवायुवतीले वृद्धाश्रमका वृद्धासँग मनाए प्रणय दिवस

ललितपुरको पाटन संयुक्त क्याम्पसमा अध्ययनरत एमएस्सी भौतिक शास्त्रका विद्यार्थीले शुक्रवार वृद्धाश्रमका वृद्धासँग प्रणय दिवस मनाएका छन् ।

फेब्रुअरी १४ तारिखमा विश्वभर मनाइने प्रणय दिवसलाई रचनात्मक बनाउन क्याम्पसका युवायुवतीले वृद्धाश्रममा फलफूल र खाद्य सामग्री वितरण गरेका छन् ।


Advertisement

विद्यार्थीले खाजा खर्च कटाएर प्रणय दिवसको अवसरमा बुढानिलकण्ठस्थित तपस्थली वृद्धाश्रममा फलफूल र खाद्यान्न सामग्री वितरण गरिएको कार्यक्रम संयोजक रमेश कुँवरले बताए ।

विद्यार्थी नेता तथा सामाजिक आध्यात्मिक अभियान्ता कुँवरले वृद्धाश्रमका वृद्धासँग एकआपसमा प्रेम साटासाट गर्दै दिवस मनाइएको बताए । ‘घरपरिवारबाट छुट्टै रहेर वृद्धाश्रममा एक्लो जीवन बिताइरहेका वृद्धवृद्धालाई प्रेमको खाँचो छ । केही क्षण भएपनि हामीले वृद्धाश्रममा सहयोग गर्‍यौं,’ उनले भने, ‘समाजमा प्रेमको नाममा व्यापार भइइरहेको बेला युवा पुस्तामा प्रेमको भाव जगाउन र समाजसेवा गर्न उत्प्रेरित गर्ने उद्देश्यले कार्यक्रमको गरिएको हो ।’


Advertisement

कार्यक्रममा वरिष्ठ समाजसेवी एवं आध्यात्मिक व्यक्तित्व राजेन्द्रबहादुर शाहले नगद सहयोग गरेका थिए । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्