४ ट्रयाक्टर आलु बरामद

भारतबाट अवैधरुपमा नेपालतर्फ ४ ट्रयाक्टरमा ल्याइरहेको करीब ५ लाख रुपैयाँ मूल्य बराबर २०० क्वीन्टल आलु सशस्त्र प्रहरी बल बरियारपुरले शुक्रवार बिहान पक्राउ गरेको छ । 

ना६त ६३४९, ना५त ९४२८, ना४त २५०४ र ना५त ८०८६ नम्बरको ट्रयाक्टरमा बाराको सिम्रौनगढबाट वीरगञ्जतर्फ ल्याइरहेको सो आलु वीरगञ्ज भन्सार कार्यालयका कर्मचारीको सहयोगमा पक्राउ गरिएको सशस्त्र प्रहरी निरीक्षक सुदर्शन अर्यालले बताए ।


Advertisement

उनले भारतबाट अवैधरुपमा ल्याएर नेपालतर्फ भण्डारण गरी जम्मा गरेर ट्रयाक्टरमा लगिरहेको अवस्थामा पक्राउ गरिएको बताए ।

बाराको पिपरापाती लगायतका गाउँ आलुखेतीका लागि उर्वरा भूमि भएकाले किसानले लगाएको आलु किनेर वीरगञ्जतर्फ बेच्न लगेको र सो आलु नेपालमै उत्पादन भएको आलुलाई प्रहरीले जबर्जस्ती पक्राउ गरेको आरोप आलु व्यापारीले लगाएका छन् ।


Advertisement

पक्राउ गरिएको आलु आवश्यक कारवाहीका लागि भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी बेसक्याम्प बरियारपुरले जनाएको छ ।

कमेन्ट गर्नुहोस्