अवैध लागूऔषधसहित ४ जना पक्राउ

सर्लाही प्रहरीले लागूऔषधसहित ४ जनालाई नियन्त्रणमा लिएको छ ।

सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ को श्रीनगरबाट अवैध लागूऔषध नाइट्रोभ्याट, स्पास्मो र एक्सप्लोन सिरफसहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।


Advertisement

ईश्वरपुर नगरपालिका–१३ को श्रीनगरबाट अवैध लागूऔषध नाइट्रोभ्याट १० लेखिएको ३०० ट्याब्लेट, स्पास्मो १४४ ट्याब्लेट र एक्सप्लोन सिरफ ५ हजार १०० सय मिलिलिटरसहित २ वटा मोटरसाइकल र त्यसमा सवार ४ जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय केशरगञ्ज बयलवासले जनाएको छ ।

बुधवार दिउँसो गस्ती गर्ने क्रममा ईश्वरपुर नगरपालिका–१३ को श्रीनगरबाट सो परिमाणको अवैध लागूऔषध बरामद गरेको इलाका प्रहरी कार्यालय केशरगञ्ज बयलवासका प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले जानकारी दिए ।


Advertisement

पक्राउ पर्नेमा महोत्तरी बर्दिबास नगरपालिकाका खगेन्द्र महतो, सुजित मगर, सरोज बलम्पाकी मगर र दिलबहादुर मगर रहेको इलाका प्रहरी कार्यालय केशरगञ्ज बयलवासका प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक गुरुङले बताए ।    

उनीहरूले प्रयोग गरेको २ मोटरसाइकलसहित ६ थान मोबाइल प्रहरीको नियन्त्रणमा रहेको प्रहरी निरीक्षक गुरुङले बताए ।

कमेन्ट गर्नुहोस्