काठमाडौंको विभिन्न स्थानबाट १२ जना जुवाडे पक्राउ

काठमाडौंको विभिन्न स्थानबाट प्रहरीले १२ जना जुवाडे पक्राउ गरेको छ ।

चन्द्रागिरी नगरपालिका–५ स्थित खाजा पसलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २६ वर्षीय सुमन बलामी लगायत ५ जनालाई नगद १३ हजार ७ सय रुपैयाँ र २ बुक तास सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।


Advertisement

ललितपुर महानगरपालिका१४ सातदोबाटो डेरा गरी बस्ने पाँचथर घर भएका ४२ वर्षीया कृष्ण कुमारी लिम्बुको कोठामा जुवातास खेलिरहेको अवस्थामा लिम्बु सहित ७ जनालाई नगद १ लाख ११ हजार रुपैयाँ र ३ बुक तास सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यसैगरी ललितपुर महानगरपालिका–१५ स्थित सुदन महर्जनको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका घर भई हाल सातदोबाटो बस्ने ३७ वर्षीय राजकुमार लामा लगायत ५ जनालाई नगद १९ हजार ८ सय ३५ रुपैयाँ र ३ बुक तास सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।


Advertisement

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्