×

NMB BANK
NIC ASIA

चीनबाट फिर्ता ल्याइएकाहरू खुशीले गद्गद् : भन्छन्– ‘स्वागत देखेर भावविह्वल बन्यौं’

फागुन ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना भाइरस डिजिज – २०१९ अर्थात् ‘कोविड–१९’को संक्रमण फैलिएपछि चीनको हुबेई प्रान्तस्थित वुहान शहर केही सातादेखि पूर्णरूपमा बन्द छ ।

Sagarmatha Cement
Muktinath Bank

चीनकै अन्य शहरबाट त्यहाँ जान र त्यहाँका नागरिकलाई अन्यत्र जान समेत प्रतिबन्ध लगाइएको छ । कोरोनाले यो समाचार तयार पार्दासम्म १६ सयभन्दा बढीको ज्यान लिइसकेको छ भने हजारौं प्रभावित छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोरोनाको संक्रमण फैलिएपछि नेपाली नागरिकहरू पनि वुहानसहित कोरोनाप्रभावित चिनियाँ शहरमा फसेका थिए ।


Advertisment
Nabil box
Kumari

आइतवार बिहान उनीहरूलाई नेपाल ल्याइएको छ । 

Vianet communication
Laxmi Bank

नेपाल ल्याइएका १ सय ७५  जनालाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको छ । फिर्ता ल्याइएकामध्ये अधिकांश चीनमा अध्ययनरत नेपाली विद्यार्थी छन् ।

आइतवार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएर खरिपाटी पुर्‍याइएका १७५ नेपालीमध्ये एक हुन्, सौरभ लुइँटेल ।

चिनियाँ राजदूतावासको सहयोगमा सरकारी कोटामा विगत ६ महिनादेखि चीनको वुहानकै ह्वाजोङ् कृषि विश्वविद्यालयमा प्लान्ट प्याथोलोजी (बाली रोग) विषयमा स्नातकोत्तोर अध्ययनरत छन्, सौरभ ।

आइतवार बिहानको सूर्योदय नेपालबाटै नियालेका उनले समाजिक सञ्जाल फेसबूकमा स्टाटस लेखे–

‘हरेक स्वाभिमानी नागरिकको मनको कुरा हो आफू जन्मिएको, नागरिकता लिएको र पासपोर्ट बोकेर हिँडेको मातृभूमि आफ्नो नागरिकहरूप्रति जिम्मेवार भैदियोस् । १०/१५ दिन ढिला भयो, तर सरकार र दूतावासले आफ्नो उपस्थिति जनाएको छ । हामी खुशी छौं देश फर्कन पाएकोमा । देश गरीब होइन र देखाउन पनि पाइँदैन । नागरिकका लागि देश हुनैपर्छ । र अर्को कुरा, भविष्यमा आइपर्ने भैपरी विषम परिस्थिति र आपतकालीन अवस्थाका पूर्वतयारी गर्नुपर्छ, परेपछि होइन । ठीकै छ, नेपाल सरकार, नेपाली राजदूतावास, अभिभावकहरू, मिडिया र हामीलाई माया गर्नेहुने सम्पूर्णप्रति हामी कृतज्ञ छौं । धेरै–धेरै धन्यवाद । जय नेपाल !’

चीनको एयरपोर्टमा नेपालीलाई गरेको स्वागत र नेपालको एयरपोर्टमा गरेको स्वागतले मन गद्गद् भएको सौरभले लोकान्तरसँग बताए ।

‘हामीलाई चीन र नेपालको एयरपोर्टमा तालीले स्वागत गर्दा यति धेरै खुशी भएँ कि मैले शब्दमा व्यक्त गर्न सक्दिनँ,’ सौरभले लोकान्तरसँगको कुराकानीमा भने ।

नेपाल उत्रिएसँगै उनले परिवारसँग पनि फोनमा कुरा गरिसकेका छन् । 
‘बुवा–आमासँग पनि बिहानै कुराकानी भएको थियो, उहाँह  निकै खुशी हुनुहुन्छ,’ सौरभले भने ।

आफूसँग पढ्ने अन्य देशका साथीहरूसँग पनि कुरा भएको बताउँदै उनले उनीहरूलाई स्वदेश लगेर ती देशले गरेको व्यवस्थाभन्दा नेपालमा आफूहरूका लागि गरिएको व्यवस्था राम्रो पाएको उनले सुनाए ।

‘ढिलै भएपनि नेपाल सरकारले राम्रो व्यवस्था गरेको देख्दा भावविह्वल भएको छु । साथीहरूसँग बुझ्दा साउथ एसियामा भारत, पाकिस्तान, बंगलादेशका साथीहरूले भनेको भन्दा हाम्रो धेरै राम्रो लाग्यो,’ सौरभले भने ।

माथिबाट हेर्दा बाहिर नेपाली सेना, नेपाल प्रहरी, डाक्टर  र एम्बुलेन्सहरू देखिएको र भित्र बस्न पनि राम्रो व्यवस्था भएको सौरभले जानकारी दिए ।

खरीपाटी जाँदाजाँदै खाजा दिइयो

भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित खरीपाटीमा क्वारेन्टाइनमा बस्नेहरूका लागि खानाको पनि राम्रो व्यवस्था गरिएको छ । बिहान विमास्थलबाट खरिपाटी गएका विद्यार्थीलाई आएपछि खाजा दिएको सौरभले बताए ।

‘हामीले बिहान आएपछि खाजा खायौं । अबको केहिबेरमा (११ बजेपछि) खाना खाँदै छौं,’ आइतवार बिहान करीब साढे १० बजे लोकान्तरसँग कुरा गरेका सौरभले भने ।

खाना पाकेपछि छुट्टै ठाउँमा राखिने र आफूहरूले लिएर खाने व्यवस्था भएको सौरभले बताए ।

रगत परीक्षण गरिने

खरीपाटीस्थित विद्युत् प्राधिकरणको तालिम केन्द्रमा राखिएका १ सय ७५ जनाकै आज रगत परीक्षण गरिने भएको छ ।

‘आज रगत परीक्षणका लागि तयार हुन भनिएको छ,’ उनले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x