प्रधानमन्त्री ओलीले गृहजिल्ला पुगेर गरे सडक र पुल उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओलीले दमकको कृष्ण मन्दिरदेखि बेलडाँगीसम्मको कालोपत्रे सडक र दमकबाट मोरङको मधुमल्ला जोड्ने मावाखोलामा निर्मित पक्की पुलकोे उद्घाटन गरेका छन् ।

आइतवार बिहान गृहजिल्ला झापा आएका प्रधानमन्त्री ओलीले संघीय सरकारद्वारा निर्माण गरिएको सो सडक र पुलको उद्घाटन गरे । ६ दशमलव २१ किमी लम्बाइको सडकको लागत ४ करोड १६ लाख २२ हजार १५६ रहेको छ । सडकको निर्माण रोताहा आरके जेभीले गरेको हो ।


Advertisement

दमकलाई मोरङको मधुमल्लासँग जोड्ने पुलको लम्बाई २५० मिटर रहेको छ । ३० करोड २२ लाख ९१ हजार ७५० लागत रहेको पुल शर्मा लामा स्वच्छन्द जेभीले निर्माण गरेको हो । 

प्रधानमन्त्री ओलीले आइतवार नै दमक नगरपालिका–१ मा जनता आवासमार्फत निर्माण गरिएका घरको साँचो हस्तान्तरण गर्ने बताइएको छ भने अपराह्न बेलडाँगीमा आयोजित समारोहलाई सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ । 


Advertisement

कमेन्ट गर्नुहोस्