×

NMB BANK
NIC ASIA

घरघरमा ‘नम्बर प्लेट’ : बुटवल उपमहानगरमा ‘मेट्रिक्स एड्रेसिङ सिस्टम’

फागुन ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल उपमहानगरपालिकाले नगरको भौगोलिक सूचना प्रणालीलाई अद्यावधिक गर्दै जीआईएसका आधारमा घर नम्बरिङ गरेको छ ।

Muktinath Bank

विवरणलाई डिजिटल प्रविधिमार्फत अद्यावधिक गर्दै पूरा भएका घरमा नम्बर टाँस्ने काम समेत शुरू भइसकेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुटवल उपमहानगरपालिकाको ६१ औं स्थापना दिवसका अवसरमा प्रमुख शिवराज सुवेदीले ‘मेट्रिक्स एड्रेसिङ सिस्टम’बाट नम्बरिङ गरिएको घरको नम्बर प्लेट टाँसेर शुभारम्भ गरे । बुटवल वडा नम्बर ८ राजमार्ग चौरहास्थित प्रहरी सपिङ कम्प्लेक्समा ‘ए००२ २०५६’ नम्बरको निलो टिनको नम्बर प्लेट टाँस्दै नम्बरिङको शुभारम्भ गरे  । 


Advertisment
Nabil box
Kumari

त्यसअवसरमा प्रमुख सुवेदीले उपमहानगरको वस्तुगत विवरणसँगै प्रत्येक घरको डिजिटल प्रविधिबाट नम्बरिङले योजना तर्जुमा, कार्यान्वयन र थप अध्ययनका लागि उपयोगी हुने बताए ।

Vianet communication
Laxmi Bank

सेवाग्राहीलाई प्रवाह गरिने सेवा, उपमहानगरका सेवा केन्द्र्रहरू, सार्वजनिक क्षेत्र, सडक, विद्यालदेखि वन क्षेत्र र ती स्थानदेखि आफ्नो घर कहाँनिर पर्छ भनेर हेर्न मिल्ने गरी ‘मेट्रिक्स एड्रेसिङ सिस्टम’बाट नम्बरिङ गरिएको प्रमुख सुवेदीले बताए  । उपमहानगरमा सुवेदी निर्वाचित भएपछि गरिएको पहिलो निर्णयमध्येको यो अर्को उपलब्धि हो । 

नीति तथा कार्यक्रममै यसलाई समावेश गरेर व्यवस्थित रुपमा कार्यसम्पादन गर्नेमा पनि बुटवल नै मुलुकमा पहिलो मानिएको छ । मोबाइल एपमार्फत उपमहानगरका सेवा प्रवाहको जानकारी लिने र ‘मेट्रिक्स एड्रेसिङ सिस्टम’बाट नम्बरिङ गर्ने भन्दै पहिलो निर्णय गरिएको थियो । 

भौगोलिक अध्ययनका विज्ञ सम्मिलित परामर्शदाता छनोट गर्दै १ देखि ११ वडाका सबै घरको ‘मेट्रिक्स एड्रेसिङ सिस्टम’बाट नम्बरिङ पूरा गरिएको हो । अहिले काम पूरा भएका वडाहरू उपमहानगरमा सबैभन्दा धेरै जनसंख्या रहेका हुन् । अब दोस्रो चरणमा वडा नम्बर १२ देखि १९ मा ‘मेट्रिक्स एड्रेसिङ सिस्टम’बाट नम्बरिङ शुरू गरिने उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए । 

वैज्ञानिक सिस्टमबाट घर नम्बरिङ भएको र कर पनि वडा कार्यालयबाटै तिर्ने व्यवस्था मिलाइएको बताउँदै प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले बुटवल उपमहानगरपालिकालाई प्रविधिमैत्री बनाउन अग्रसर भइरहेको बताए । बुटवल उपमहानगरपालिकाको वडा नम्बर ६, ७ र ८ नम्बर वडाका घरमा नम्बर प्लेट टाँसिएको छ । 

हालसम्मकै आधुनिक वैज्ञानिक सिस्टमबाट घर नम्बरिङ गरिएपछि अब कुन घर कुन रोडको कति नम्बरमा पर्छ भन्ने जानकारी जीपीआरएस सिस्टमबाट थाहा पाउन सकिने छ । डिजिटल नम्बरिङपछि बारुण यन्त्र, एम्बुलेन्स, सुरक्षा व्यवस्थापनका काममा सहजता हुने र पाहुनाले समेत गुगल म्यापबाट घर पत्ता लगाउन सक्ने गरी भौगोलिक सूचना प्रणालीको विकास गरिएको उपमहानगरले जनाएको छ । 

बुटवलको विकासमा जनसहभागिता उदाहरणीय मानिन्छ । उपभोक्ता समितिमार्फत हुँदै आएका पूर्वाधार विकासका कामलाई प्रभावकारी बनाउन बुटवलले नेपाली भाषामै लागत स्टिमेट बनाउन शुरू गरेको छ । यो काम प्रदेशमै पहिलो हो ।

प्राविधिक भाषाले अलमलमा पर्ने, प्रक्रिया नबुझ्दा झन्झट मान्ने जस्ता समस्या देखिएपछि नगर प्रमुखले नै उपभोक्ता समितिका कामलाई प्रभावकारीसँगै गुणस्तरीय बनाउन यस्तो उपाय शुरू गर्न प्राविधिकलाई निर्देशन दिए । 

बुटवल उपमहानगरपालिकाले अहिले इलेक्ट्रोनिक्स विल्डिङ परमिट सिस्टममा भवनको विवरणलाई अनलाइनमार्फत व्यवस्थित गरिरहेको छ । गत वर्ष वैशाख १ गतेदेखि यस्तो प्रणाली शुरू गर्ने बुटवल उपत्यका बाहिरको पहिलो नगर हो । यस प्रणाली अन्तर्गत हालसम्म २ हजार ७७६ नक्सा दर्ता भएको र झण्डै १ हजार ५०० जनाले सम्पन्न प्रमाणपत्र लिइसकेको वरिष्ठ इन्जिनियर सुमन श्रेष्ठले जानकारी दिए  ।

बुटवल उपमहानगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएलगत्तै लामो समयदेखि रोकिएका नगरबासीका घरनक्साका कामलाई फटाफट गरेन मात्रै, वडा र टोलसम्मै पुगेर सेवाग्राहीलाई प्रमाणपत्र उपलव्ध गरायो । भवन संहिताको पूर्ण कार्यान्वयनमा जोड दिँदै जनप्रतिनिधिले प्राविधिकलाई वडावडामै लगेर शुरू गरेको यो काम पनि मुलुकमै नमूना मानिएको छ । 

बुटवलले सेवाग्राहीका लागि घरनक्सा पास सम्बन्धी विशेष जानकारी पुस्तिका सहितको टाइम कार्डसमेत लागू गरेको छ । यहाँका १९ वटै वडामा घर बनाउने कुनै पनि सेवाग्राहीलाई आफूले पालना गर्नुपर्ने नियम र भवन संहिताको मापदण्डका सबै प्रक्रियाबारे पूर्ण जानकारी सहितको पुस्तिका उपलब्ध गराइएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x