सीजी टेलिकमको स्पष्टीकरण : दूरसञ्चार परियोजनामा ‘उत्कृष्ट कार्यसम्पादन’

फाइल फोटो

चौधरी ग्रूप अन्तर्गतको सीजी टेलिकमले चर्चामा रहेको १ करोड १८ लाख अमेरिकी डलरको ‘दूरसञ्चार क्षेत्र सुधार परियोजना’ले उत्कृष्ट कार्यसम्पादन गरेको जनाएको छ ।

सीजी टेलिकमका प्रवक्ता मधुसूदन पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यममा आएका समाचारबारे स्पष्ट पारेको छ ।


Advertisement

‘यो रकम तत्कालीन एसटीएम टेलिकम सञ्चार प्रालिले पूर्वाञ्चलको ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवा पुर्‍याउनका लागि विश्व बैंकबाट पुँजीगत अनुदान प्राप्त गरेको हो,’ विज्ञप्तिमा लेखिएको छ, ‘एसटीमले तोकिएको समय र क्षेत्रमा १,४०० पीसीओ स्थापना गरी उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै दूरसञ्चार प्राधिकरणले सन् २००७ अप्रिल २ मा सम्पन्नताको प्रमाणपत्र जारी गरेको थियो । सीजी टेलिकमले सन् २०१३ मा मात्र एसटीएम खरिद गरेको हो ।’

सम्झौताको शर्त अनुसार कार्यप्रगति र मापदण्डहरू पूरा भएपछि ५ किस्तामा रकम निकासा गरेको देखिएको विज्ञप्तिमा उल्लेख छ ।


Advertisement

यस्तो छ प्रेस विज्ञप्ति –

हेर्नुस् प्राधिकरणबाट जारी कार्यसम्पन्नताको प्रमाण –

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्